नागरिकतामा विभेद नगर्न सास‌ंदकाे अाग्रह


प्रकाशित मिति :2016-06-16 18:27:20

महिला खबर

काठमाडौँ । नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरी जन्मेका सन्तानलाई नेपालको संविधान र प्रचलित कानुनले दिएका अधिकार सहजरुपमा उपलब्ध गराउन संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बुधवार बसेको बैठकमा विशेषत नेपाली महिलाले विदेशी पुरुषसँग बिहेगरेपछि जन्मिएका सन्तानलाई नेपाली नागरिकता प्राप्त गर्न  व्यवहारिक समस्या रहेको भन्दै सासदहरूले आपत्ति जनाएका थिए ।

बैठकमा उनीहरूले नेपाली पुरुषले विदेशी महिला बिहे गरेमा अर्को दिन ती विदेशी महिलाले नागरिकता पाइहाल्ने तर नेपाली महिलाले बिहे गरेमा पुरुषले १५ वर्ष कुर्नुपर्ने प्रावधान विभेदकारी रहेको टिप्पणी गरेका थिए ।

उनीहरूले बिहे गरेर विदेशबाट आएकी महिलाले अङ्गिकृत नागरिकता लिएको अर्को दिनदेखि सांसददेखि उपप्रधानमन्त्रीसम्म बन्न पाउने व्यवस्थामा सुधार गर्दै त्यहाँ पुग्न केही वर्षको अवधिको सीमा राख्नुपर्ने सझुाव समेत दिएका थिए ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गानाले नेपाली महिलाले विदेशी पुरुषसँग बिहे गरेमा श्रीमान् नेपालमा लगातार १५ वर्ष बसेर आफ्नो मुलुकको नागरिकता त्यागेको अवस्थामा नेपाली नागरिकता पाउने व्यवस्था रहेको जानकारी गराउनुभयो ।

उनीहरूबाट जन्मिएका सन्तानले बाबुको देशको नागरिकता लिन नचाहेकोमा १६ वर्ष पुगेपछि सहजै नेपाली नागरिकता पाउने व्यवस्था कानुनमा रहेको बताउनुभयो । परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले नागरिकताको विषय राष्ट्रिय सुरक्षा र राष्ट्रहितसँग समेत जोडिएको हुनाले यसलाई सहजरुपमा लिन नहुने टिप्पणी गर्नुभयो ।

गृहमन्त्रालयका सहसचिव विनोद रेग्मीले नयाँ संविधान अनुसार नागरिकताको व्यवस्था थप स्पष्ट पार्ने सम्बन्धी प्रस्ताव गृहले तयार पारेर कानुन मन्त्रालयमा पुगेको जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: