हिंसा न्यूनिकरण गर्न प्रहरीलाई तालिम


प्रकाशित मिति :2016-06-17 11:40:27

विदुर आचार्य

सिन्धुपाल्चोक । महिलामाथि हुने हिंसा न्यूनिकरण र संरक्षण सम्वन्धी दुई दिने प्रशिक्षण सम्पन्न भएको छ । नेपाल प्रहरीका जवान देखि अधिकृत सम्मका ३० जना प्रहरीलाई प्रशिक्षण दिईएको हो ।

जिल्ला प्रहरी कार्यालयको आयोजना र महिला आत्मनिर्भरता केन्द्रको सहयोगमा सदरमुकाम चौतारामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्णमणी दुवाडीले हिंसाका घटना न्यूनिकरणमा यो कार्यक्रम महत्वपूर्ण हुने वताए । हिंसाको घटना प्रहरीसँग सीधा आईपुग्ने भएको भन्दै उनले भने, ‘तालिमले प्रहरीका प्रशिक्षार्थीलाई थप व्यवहारिक र कानुनी संयन्त्रवारे जानकार बनाउने छ ।’

प्रशिक्षण कार्यक्रममा सहभागीलाई स्वागत गर्दै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविन्द्र केसीले नेपाल प्रहरी प्रत्यक्ष जनताको सम्पर्कमा रहने र कार्य सम्पादनको क्रममा दैनिक लैङ्गिक हिंसाका घटना प्रहरी कार्यालयमा दर्ता हुने गरेकोले प्रशिक्षण थप प्रभावकारी हुने वताए ।
प्रशिक्षणमा जिल्लाका सवै ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान देखि अधिकृत सम्मको सहभागिता थियो । प्रशिक्षण अवधीभर सहभागिहरुले कार्यसम्पादनको क्रममा आफ्नो कार्यक्षेत्रमा देखिएका लैङ्गिक तथा महिला माथि हुने हिंसाका घटनाको प्रकृति वारे अनुभव आदानप्रदान गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: