महिला खबर
सिन्धुपाल्चोक। महिलाको समान सहभागिताको चर्को आवाज उठे पनि व्यवहामा भने समानता नारामै सीमित भएको छ। निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन सिन्धुपाल्चोकको एघार सदस्यीय कार्यसमितिमा जम्मा एक महिला आएकी छन्। युनियनमा जिल्ला वन कार्यालयमा कार्यरत नेपाल निजामती कर्मचारी संगठनकी कमलादेवी श्रेष्ठ एक्लो महिला सदस्य आएकी हुन्।
नेपाल निजामती कर्मचारी संगठनले छ सीट प्राप्त गरेकोमा एक जना महिला सिफारिस गरेको छ भने दोस्रो भई तीन सीट पाएको निजामती कर्मचारी युनियन र तेस्रो स्थान हासिल गरी दुई सीट प्राप्त गरेको राष्ट्रिय कर्मचारी संगठन निजनमतीले कुनै पनि महिला सदस्य सिफारिस गरेनन्।
Comment Here!