महिला खबर
काठमाडौं । प्रेस युनियन केन्द्रिय महिला विभागले पत्रकार महिलाको पेशागत विकास र क्षमता अभिबृद्धिका लागि काठमाडौंमा दुई दिने राष्ट्रिय भेलाको आयोजना गरेको छ । भेलाको उदघाटन सत्रमा बोल्दै अधिकांश सरोकारवालाले पत्रकारितामा महिलाको उपस्थिति ज्यादै न्युन रहेकाले यसलाई बढाउनुपर्ने कुरा औंल्याएका थिए । सञ्चार क्षेत्रलाई लैंगिकमैत्री बनाइ महिलाको पेशागत र भौतिक सुरक्षाको सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
पत्रकारितामामात्रै नभइ सञ्चार माध्यममा उठाइने विषयवस्तुलाई समेत लैंगिकमैत्री बनाउनु जरुरी रहेको सहभागीहरूले बताएका थिए । कार्यक्रममा महिला अधिकारको क्षेत्रमा योगदान पुर्याएका महिलालाई सम्मानित गरिएको थियो । सम्मानित हुनेमा पत्रकार बबिता बस्नेत, राधा चालिसे, रीता गुरुङ, भारती सिलवाल, धन लामा, अमृता लम्साललगायत हुनुहुन्छ ।
४ गतेसम्म चल्ने यो भेलामा सूचनाको हक, न्यूनतम पारिश्रमिक, सञ्चारमाध्यममा महिलाको उपस्थितिलगायत छ वटा कार्यपत्र प्रस्ुतत गरिने छ । भेलामा देशभरिबाट दुईसय पत्रकार महिला सहभागी छन् ।
Comment Here!