प्राविधिकमात्रै नभई लैंगिक समानतासहितको पुर्ननिर्माण हुनुपर्छ: अष्ट्रेलियाली राजदुत


प्रकाशित मिति :2016-06-17 17:16:17

महिला खबर
काठमाडौं । नेपालका लागि अष्ट्रेलियाली राजदुत ग्लेन व्हाइटले भूकम्पपछिको पुर्ननिर्माणको काम प्राविधिक रुपमामात्रै नभई लैंगिक समानतासहितको हुनुपर्ने बताउनुभएको छ । काठमाडौंमा भएको लैङ्गिक समानताका लागि सुरक्षित र सुद्धृढ पुर्ननिर्माण विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले लैंगिक रुपमा समाजलाई अझै बलियो बनाउन  पुर्ननिर्माण प्रक्रियामा महिलालाई अझै सक्रिय बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले महिलाको योगदानसहित उनीहरूलाई निर्णयमा सहभागी गराउने यो उपयुक्त अवशर भएको  बताउनुभयो । शहरी र ग्रामीण क्षेत्रका महिलाले  पुर्ननिर्माणमा आफ्नो क्षमता प्रर्दशन गरिसकेकाले उनीहरूको योगदानको कदर हुनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै पुर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले पुर्ननिर्माण प्रक्रिया भौतिक पुर्वाधार निर्माणमात्रै नभइ अझै राम्रो समाज निर्माणकालागि पुराना मुल्य, मान्यता र व्यवहारको समेत पुर्ननिर्माण हुनुपर्ने बताउनुभयो ।

Capture

 युएन वीमेनका सरु जोशीले महिलाका लागि विशेष आवश्यकताको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले  पुर्ननिर्माणका क्रममा महिलालाई निर्णय प्रक्रियाको केन्द्रमा राखिनुपर्ने भन्दै आफ्नो देश निर्माणमा उनीहरूले महत्वपुर्ण भुमिका निभाइरहेका  बताउनुभयो ।

महिला सशक्तिकरण र लैङ्गिक समानताका लागि संयुक्त राष्ट्रसंघको निकाय यूएन वोमन र सञ्चारिक समूह नेपालको साझेदारीमा अस्ट्रेलियन दुतावासले लैङ्गिक समानताका लागि सुरक्षित र सुद्धृढ निर्माण विषयक कार्यशाला गोष्ठी आयोजना गरेको हो ।

भूकम्पपछिको पुननिर्माणको क्रममा महिलाको  जीविकोपार्जनका अवसरहरूका लागि गर्न सकिने प्रयासका बारेमा गोष्ठीमा  छलफल गरिएको थियो ।

छलफलमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका सदस्य डा. विष्णु भण्डारीले पुननिर्माण प्रक्रियाले लैङ्गिक सवाललाई सम्बोधन र सुनिश्चित गरि  महिलाको उचित प्रतिनिधित्व,  उनीहरुको जीविकोपार्जनका अवसरको पहु“च र भूकम्पपछि महिलाको सम्पत्ति स्वामित्वका कानूनी सवाल बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले विकास र पुर्नस्थापनाका लागि  छिटो पुनःनिर्माण हुनुपर्नेमा जोड दिनुभयो । संचार रणनीति तयार गर्दा लैिङ्गक पहुँच र समानतालाई जोड दिएर बनाउनुपर्ने उहाँको भनाइ थियो ।  पुर्नस्थापनाको प्रगतिबारे जानकारी दिने  र लैङ्गिक दृष्टिकोणलाई पनि समेट्ने गरी  उक्त रणनीति बनाइनुपर्ने उहाँले बताउनुभयो ।   सवै प्रक्रियामा महिलालाई राष्ट्रियस्तरमै परिवर्तन ल्याउने बाहकको रुपमा समावेश गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा पूर्व प्रधान न्यायाधिश कल्याण श्रेष्ठ, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, राष्ट्रिय पुननिर्माण प्राधिकरण,  बेलायती अन्र्तराष्ट्रिय विकास विभाग (डीएफआइडी) र अमेरिकन अन्र्तराष्ट्रिय विकास विभाग (यूएसएआइडी), नेपालस्थित युरोपियन युनियनका पदाधिकारी र अक्सफामका उच्च पदस्थ अधिकारी  सहभागी थिए  ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: