काठमाडौं। रोटरी जाेर्नाे अवार्ड २०१६ बाट तीन जना पत्रकार महिला सम्मानित भएका छन् ।
सम्मानित हुनेमा स्वास्थ्यमा योगदान पुर्याए बापत इमेज च्यानलकी शैलजा सिंह, आर्थिक र सामाजिक क्षेत्रमा योगदान पुर्याएकोमा कारोवार दैनिककी राधिका ढकाल र महिलाका विषयमा योगदान पुर्याएकोमा सञ्चारिका समूह चितवनकी सिर्जना अर्याल छन् ।
त्यसै गरी सम्मानित हुनेमा शिक्षामा सुदर्शन सिग्देल, वातावरणमा प्रमोद कुमार टन्डन र मुलधारको पत्रकारिताबाट रेडियो नेपालका हरिशरण लामिछाने छन् ।
जुरीमा सञ्चारिका समूह, नेपाल आर्थिक पत्रकार समाज, नेपाल वातावरण पत्रकार समूह, शिक्षा पत्रकार समूह लगायतका ६ वटा संस्था थिए । पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ छ ।
Comment Here!