अप्सरा समाल
उदयपुर । उदयपुरमा पछिल्लो ६ महिनामा पचास वटा हिंसाका घटना भएका छन् । इन्सेक उदयपुरले मानवअधिकार वर्ष पुस्तक सन् २०१७ का लागि संकलन गरेका घटनाको अर्धवाार्षिक समीक्षामा यस्तो तथ्याकं प्रस्तुत गरेको छ ।
घटना मध्ये सबैभन्दा बढी २८ वटा महिला हिंसा, ५ बालिकामाथि बलात्कार, १ बालिकामाथि जवरजस्ति करणीको प्रयास, १ बालिकामाथि यौन दुव्र्यवहार, १ महिलामाथि जवरजस्ति करणी, ३ महिलामाथि जवरजस्ति करणीको प्रयास, ४ वहुविवाह, २ बोक्सीको आरोप,१ महिलामाथि पेट्रोल खन्याएर आगो लगाइएको, १ बालिकालाई हत्याको प्रयास, २ बालबालिकाको अपहरण र १ जातिय छुवाछुत रहेका छन् ।
महिला हिंसाका घटनामा घरेलु हिंसा, वहुविवाह, दुव्र्यवहार रहेको इन्सेक प्रतिनिधि भरत खड्काले बताउनुभयो । समीक्षा गर्न आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले इन्सेकको वर्षपुस्तक मानवअधिकार सम्बन्धी गतिलो दस्तावेज भएको हुँदा यसमा समेटिने घटना सत्यतत्यमा आधारित रहनु पर्नेमा जोड दिनु भयो ।
त्यसैगरी प्रहरी प्रमुख एसपी नरेन्द्र केसीले घटना बढ्नुमा सचेतिकरणको महत्वपूर्ण हात भएको आंैल्याउनुभयो । कार्यक्रममा नेपाल वार एसोसियसनका पुर्वअध्यक्ष श्यामनन्द चौधरीले समन्व्यको अभावमा अझै कतिपय घटना वाहिर आउन नसकेको बताउनुभयो । कार्यक्रममा उपस्थित राजनैतिक दलका प्रतिनिधिहरूले ग्रामीण भेगमा हुने हिंसाका घटना मिलापत्र हुने भएकाले यसलाई उजागर गर्नु पर्नेमा जोड दिएका छन् ।
Comment Here!