महिला खबर
दोलखा । महिला तथा बालबालिका कार्यालय दोलखाले बोच गाविसका महिला किसानलाई कीवी खेती सम्बन्धी तालिम दिएको छ ।
महिला तथा बालबालिका कार्यालयले समूहमा आवद्ध सदस्यलाई कृषि व्यवसाय मार्फत आर्थिक सशक्तिकरण गर्न तालिमको आयोजना गरेको जनाएको छ ।
तालिममा सहभागीलाई किवी खेतीका लागि निश्चि अनुदान सहयोग समेत गरिने महिला विकास अधिकृत लक्ष्मी ढकालले जानकारी दिनुभयो । कार्यालयले अर्को समूहलाई यसै हप्तादेखि किवी खेती सम्बन्धि तालिम दिने जानकारी पनि अधिकृत ढकालले दिनुभयो । तालिममा बोच गाविसका २० जना महिला सहभागिता रहेको कार्यालयले जनाएको छ ।
Comment Here!