महिलाको पाठेघर खस्ने समस्या चर्कोः निःशुल्क शल्यक्रिया


प्रकाशित मिति :2016-06-19 11:55:33

महिला खबर
जुम्ला  । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जिल्लाका २१ जना महिलाको पाठेघरको निःशुल्क शल्यक्रिया गरेको छ ।

प्रतिष्ठानले आफ्नै पहलमा एक महिनादेखि निःशुल्क पाठेघरको शल्यक्रिया गर्दै आएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा निरेश थापा मगरले जानकारी दिनुभयो ।

प्रतिष्ठानले यसअघि जिल्लाका हाडसिंजा, जुम्लाकोट, छुमचौर र प्रतिष्ठानमै शिविर सञ्चालन गरेको थियो । शिविरमा  सबैभन्दा बढी आङ खस्ने समस्या भएका महिला उपचारका लागि आएपछि सरकारको सहयोगमा  निःशुल्क शल्यक्रिया सेवा दिएको डा थापामगरले बताउनुभयो ।

उहाँका अनुसार लाजका कारण आङ खस्ने समस्या भएका महिला उपचारका लागि लक्ष्य गरेअनुसार अझै आएका छैनन् ।

कर्णालीका महिलामा आङ खस्ने समस्या देखिनुको मूल कारण कम उमेरमा विवाह गर्नु, पोषणयुक्त खाना नखानु, सुत्केरी अवस्थामा उचित स्याहार नहुनु, बच्चा धेरै जन्माउनु,  बढी कामको बोझ र अस्पतालमा बच्चा नजन्माउनु रहेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको मसान्तसम्म यो निःशुल्क सेवा दिइने प्रतिष्ठानले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: