महिला खबर
पर्वत । हिंसामा परेका महिला तथा बालबालिकालाई पुनर्स्थापनाका लागि पर्वतको कुश्मामा सुरक्षित आवास गृहको निर्माणकार्य सुरु भएको छ ।
हिंसाका कारण घरमा परिवारमा बस्न नसक्ने पीडित र समाजमा अपहेलित भई न्यायका लागि जिल्लास्थित न्यायिक निकायमा आउने महिला तथा बालबालिकाका लागि मुद्दा टुङ्गो नलाग्ने बेलासम्म खान बस्नको व्यवस्था गर्न सुरक्षित आश्रयस्थल बनाउन लागिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक गङ्गा पन्तको विशेष पहल, लैङ्गिक हिंसा निवारण जिल्ला समन्वय समितिको संयोजनमा आश्रयस्थल बनाउन लागिएको हो । भवन निर्माणका लागि स्थानीय सरोकारवाला निकायको समेत सहयोगमा करीव दुई करोड रुपैयाँको लागतमा भवन निर्माणकार्य सुरु गरिएको हो ।
भवन निर्माणका लागि स्थानीय सरकारी तथा गैरसरकारी सङ्घसंस्था, क्लबले आर्थिक सङ्कलन पनि गरिरहेका छन् । १४ कोठा र हलसहितको तीनतले भवन बनाउनका लागि जिल्लाका तीनजना सांसद, जिल्ला विकास समिति, कुश्मा नगरपालिकालगायतले आर्थिक सहयोग गरेको निर्माण समितिका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म झन्डै ३० लाख रुपैयाँ सङ्कलन भएको छ । जिल्ला विकास समिति पर्वतले १० लाख र कुश्मा नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै सांसद अर्जुनप्रसाद जोशी र कल्पना चापागार्इंले र तीनरतीन लाख रुपैयाँ र अन्य सङ्घसंस्था र व्यक्तिबाट आर्थिक सङ्कलन जारी रहेको छ । अवास गृह बनेपछि शारीरिक र मानसिक रुपमा हिंसामा परेका बालबालिकालाई संरक्षण गरी राख्ने भवन नहुँदा महिला प्रहरीको कोठामा राख्नुपर्ने हट्ने छ ।
Comment Here!