जिल्ला मै उत्कृष्ट भइन् रोशनी


प्रकाशित मिति :2016-06-19 15:55:59

रुपा गहतराज

Roshniबाँके ।  नेपालगन्ज  गणेशपुरकी रोशनी सोनी यसवर्षको एसएलसी परिक्षामा बाँके जिल्लामा प्रथम भएकी छन् । उनी ३ दशमलभ ९० ग्रेड अंक ल्याएर पहिलो भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । उनले आफ्नो शिक्षाका लागि बुवा आमाले धेरै सहयोग गरेको बताईन् एबीसी आवासीय उच्च माध्यामिक विद्यालयकी प्रिन्सिपल शशी स्वाँरले रोशनी जिल्ला मै प्रथम भएको पुष्टी जिल्ला शिक्षा कार्यालयले शुक्रबार गरिसकेको बताईन् । ‘शिक्षा कार्यालयबाट फोन आएपछिमात्र हाम्रो विद्यार्थी प्रथम भएको कुरा थाहा भयो,’ उनले भनिन् ‘विद्यार्थीको मेहेनत अनुसारको परिणाम आयो, धेरै खुसी लाग्यो ।’ जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोरखबहादुर थापाले एसएलसी नतिजा हेर्दा एबीसी स्कुलकी छात्रा रोशनी जिल्ला प्रथम भएको जानकारी दिए ।

उनी दैनिक ५ घण्टा आराम गर्ने बाहेकको बाँकी समय अध्ययनमै हुन्थिन् । ‘मेरो मेहेनत त छँदै थियो, प्रिन्सिपल मेडम र सरले पनि पढाईमा मलाई धेरै नै सहयोग गर्नुभयो,’ उनी भन्छिन् । रोशनी कक्षाको जेहेन्दार र मेहेनती विद्यार्थी भएको प्रिन्सिपल स्वाँरले बताईन् । ‘तिमी मेहेनत गर, बाँके टप अवश्य गर्छौ भनी मैले बारम्बार हौंसला दिइरहेकी थिएँ, आखिर परिणाक पनि त्यही भयो,’ उनले भनिन् ।

रोशनी बाँके प्रथम आउँदा शिक्षक र समग्र विद्यालयको पनि इज्जत बढेको प्रिन्सिपल स्वाँरले बताईन् ।
उनलाई उच्च शिक्षा अध्ययन गराउन आफूले सक्दो पहल गर्ने जानकारी दिईन् । ‘उनको घरको आर्थिकस्थिति कमजोर भएकाले  उच्च शिक्षा पढाउन सक्दो पहल गर्नेछु,’ प्रिन्सिपल स्वाँरले भनिन् । उनका बुवा सन्तोषले दैनिक ज्याला मजदुरी गरेर परिवार र छोरीको पढाई खर्च टार्दै आएका छन् ।

छोरीको नतिजाले आफू धेरै खुसी भएपनि उच्च शिक्षाबारे चिन्ता थपिएको बुवा सन्तोषले बताए । ‘मैले दैनिक ज्याला मजदुरी गरेर पढाएको थिएँ, छोरीले हाम्रो परिवारको इज्जत राखिन्  अबको चिन्ता छोरीको उच्च शिक्षा हुनेभयो,’ उनले भने ‘छोरीको रहर विज्ञान विषय लिएर पढ्ने छ,।’ छोरीले एसएलसी उत्तिर्ण गरेपनि अझैपनि सम्पुर्ण आड, भरोसा एबीसी स्कुल र प्रिन्सिपलसँग रहेको उनले बताए ।

विज्ञान विषय लिएर एमबिबिएस पढ्ने उनको इच्छा छ । रोशनीका बुवा सन्तोष सोनी सुनचाँदीको कालिगढ हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: