आशा छ, भरोसा छैन : पीडित


प्रकाशित मिति :2016-06-19 16:46:44

सुजाता ढुंगाना

Suzata-dhungana काठमाडौं ।  बेपत्ता पारिएका व्यक्ति छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले गएको वैशाख २ र ५ गते बाट २ महिनाका लागि भन्दै उजुरी संकलन कार्य सुरु गरे । समयअवधि सकिनै लाग्दा दुवै आयोगले  १/१ महिनाको समय अबधि थप गरेको सूचना जारी गरेका छन्  ।

तोकिएको २ महिनाको समय अवधिमा वेपत्ता पारिएका व्यक्ति छानविन आयोगमा २ हजार ३ सय ८४ घटना दर्ता भए भने सत्य निरुपण तथा मेलमिलाप आयोगमा ३३ हजार ५ सय ९८ जनाले उजुरी दर्ता गराएका छन् । तर दर्ता गरिएका घटनामा समेत महिलाले आफूलाई थाहा भएका प्रमाण असुरक्षाका कारण पेश गर्न सकेका छैनन् ।

तिनै मध्येकी एक हुन् रीता ओली (नाम परिवर्तन) ओलीले जेठको अन्तिम साता आफ्नी छोरी वेपत्ता भएको उजुरी स्थानीय शान्ति समितिको कार्यालय सुर्खेत पुगेर दर्ता गराइन् । तर पर्याप्त जानकारी भए पनि उनी भन्छिन् ‘मेरी छोरी बेपत्ता पार्ने व्यक्ति सबैको नाम र पद थाहा पाऊँदा पाऊँदै पनि उनीहरू विरुद्ध उजुरी किटान गर्न सकिनँ ।’

उनकी छोरी सपना ओली (नाम परिवर्तन) लाई तत्कालिन शाही नेपाली सेनाले वि.स. २०६० साल साउनको २२ गते माओवादीको आरोपमा पक्राउ गरी वेपत्ता बनायो । उनी भन्छिन् ‘हामी सुरक्षा दिन्छांै तपाई मान्छेको नाम किटानी गर्नुस् भन्ने मान्छे मैले पाइनँ । छोरीलाई बेपत्ता बनाउनेमाथि कार्वाही भएको हेर्ने मन छ, तर आयोगप्रति आशा भने छैन ।’ सेनाले छोरीलाई बलात्कार पश्चात वेपत्ता बनाएको उनको आरोप छ ।

उमेरले ६० काटेकी दाङकी बद्री रिजाललाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी गर्न मन छैन । बद्री भन्छिन ‘द्वन्द्वमा श्रीमानको मृत्यु भयो, अब फेरि यसविरुद्ध उजुरी गरेर मलाई सेलाएको घाउ बल्झाउनु छैन ।’ बदी्रका श्रीमान खानेपानी कार्यालय लिबाङ, रोल्पामा कार्यरत थिए । पुष २७ गते घर  आउँछु भनेका श्रीमानको २०६० साल पुषको २६ गते कार्यालय अगाडि तत्कालिन विद्रोही समूह माओवादीले थापेको एम्बुसमा परेर मृत्यु भएको खबर आयो ।

Rita oliसत्य निरुपण तथा मेलमिलाप आयोगले उनलाई न्याय दिन्छ भन्ने आशा नै छैन । उनी भन्छिन् ‘सेलाएको घाउ म कसरी बल्झाउँ, अब छोराछोरी ठुला भइसके फेरि उनीहरूलाई केही गरिदिए भने म कस्को मुख हेरेर बाँचु ?’ उनलाई आयोगमा उजुरी दिए आफू र परिवार सुरक्षित नहुने डर छ ।

श्रीमान बेपत्ता भएको उजुरी दिन पुगेकी बर्दियाकी ३२ वर्षीया प्रेमकुमारी चौधरीको उजुरी फारम स्थानीय शान्ति समिति बर्दियाका कर्मचारीले ५ मिनेटमै भरिदिए । फारम आफैँले भर्न नजानेकी प्रेमकुमारी भन्छिन् ‘३ पेज लामो फारम शान्ति समितिका कर्मचारीले के लेखेर भरिदिए मलाई थाहा छैन । ‘वेपत्ता व्यक्तिको खोजी गर्न अनुरोधसहित भरिएको फारममा विवरण पुग्दो छैन ।’

शान्ति समितिमा उनले महिला कर्मचारी नहुँदा उनलाई के भएको भनेर सोध्ने न कोही भए न उनले ढुक्कले भएको घटनाको बारेमा बताउन सकिन् । घरमा सुतिरहेका श्रीमानलाई तत्कालीन विद्रोही पक्षले २०५९ सालमा राती अपहरण गरेर लगेको उनी बताउ“छिन् । थारु भाषामात्र बोल्न जान्ने उनले नेपालीमा लेखिएको फारम पढ्न लेख्न जानेकै छैनन् ।

कालीकोट कुमलगाउँकी गंगा दर्जीका श्रीमान सामान्य खेती किसान गर्थे । द्वन्द्वकालका बेला प्रत्येक रात माओवादी आएर खाना खुवाउन भन्थे, दिउँसो सेना आएर माओवादीलाई खाना खुवाएको भन्दै  कुट्थे । सेनाको कुटाइकै कारण विरामी परेका उनका छोराको मृत्यु भयो । उनलाई घटना भएको वर्ष सम्झना छैन । उनी भन्छिन ‘मैले अहिलेसम्म कतैबाट राहत रकम पाएकी छैनँ ।’ न उनलाई अहिले आयोगले उजुरी आव्हन गरेको छ भन्ने कुरा  थाहा छ । पछि खान नदिएको भन्दै तत्कालीन विद्रोहीले घरको अन्नपात लुट्नुका साथै घरमा आगो लगाइ दिए । लुटपाट र कुटपिटको घटनाको पनि आयोगले उजुरी लिन्छ भन्ने कुरा उनलाई थाहै छैन ।

यस्ता धेरै घटना अझ पनि आयोगमा दर्ता हुन सकेका छैनन् । कति घटना सूचना अभावले त कति असुरक्षित महसुस गर्दै आयोगसम्म उजुरी पुग्न सकेका छैनन् । तर मेलमिलाप आयोगका सदस्य मञ्चला झा भन्छिन्  ‘यो पीडितले उजुरी गर्न पाउने अन्तिम समय हो, त्यसैले यो मौका गुमाउन हुँदैन ।’ उजुरी गरे पश्चात मात्रै आयोगले उजुरीमाथि छानविन गर्न पाउँछ । चाहे उजुरी चुरोटको खोलमै लेखेर पेश गरिएको किन नहोस, द्वन्द्व पीडित हो भन्ने पहिचान पाउन पनि उजुरी गर्न जरुरी छ । त्यस्तै वेपत्ता पारिएका व्यक्ति छानविन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक भन्छन् ‘पुर्ण विवरण अहिले भर्न जरुरी छैन । आफूलाई असुरक्षित महसुस भए नाम किटानी नगर्दा पनि हुन्छ यसमाथि आयोगले पछि छानविन गर्छ ।’

शान्ति समितिमा महिलाले उजुरी गर्न असहज महसुस गर भने महिला मन्त्रालयलाई परिपत्र गरी जिल्लाको महिला तथा बालबालिका कार्यालयमा पनि उजुरी गर्ने व्यवस्था आयोगले गरेको छ, तर जिल्लामा रहेका महिला तथा बालबालिकाको कार्यालयमा पनि उजुरी गर्न सकिन्छ भन्ने कुरा पीडित सम्म पुग्न सकेको छैन । अझ यसबारे कतिपय महिला तथा बालबालिका कार्यालयमा यसबारेमा जानकारी नै छैन । जसले गर्दा आयोगका महिला तथा बालबालिकाको कार्यालयबाट उजुरी संकलन हुने भनिएपनि त्यो अधुरै छ । दुबै आयोगले हामी सुरक्षाको ग्यारेन्टी गर्छौँ तपाई उजुरी गर्नुस् भनेर एकोहोरो भनिरहे पनि पीडितले आयोगलाई विश्वास गरिसकेका छैनन् । पीडितलाई विश्वास र न्याय दिलाउने चूनौति भने दुवै आयोगलाई देखिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: