ढाका बुनेर आत्मनिर्भर बन्दै रामेछापका महिला


प्रकाशित मिति :2016-06-20 10:47:01

निरज सापकोटा
dhakak

रामेछाप । ‘सुरु सुरुमा सबैले कति कमाउँछौ भनेर सोध्थे । म दिनको पचास रुपैयाँ भनेर भन्थें । मलाई सबैले उडाए, खिस्याए । जाबो पचास रुपैयाँका लागि त के काम गर्छौ बरु सुतेर बस पनि भन्थे । तर मैले कसैको कुरा सुनिनँ । काम गरिरहें अहिले मलाई मेरो खर्च पुगेको छ’ – रामेछाप ओख्रेनीकी कमलमाया आले मगरलाई ढाका बुन्ने तालिम लिएर काम गर्न सुरु गर्दा उनको कमाई सोध्ने क्रममा सधैँ हुने गरेकासंवाद यस्ता हुन्थे ।

‘तालिम लिनेवित्तिकै सुरु सुरुमा काम गर्न आउँदैनथ्यो । त्यही बेला दिनको पचास रुपैयाँ मात्र कमाई हुन्थ्यो । अहिले जानियो काम पनि छिटो गरिन्छ अनि कमाई पनि बढ्यो रमाइलो पनि भयो’ उनले भनिन् । आफ्नो सुर नछोडी मेहनत गर्दै काम गर्न थालेपछि उनकै सिको गर्ने छिमेकी धेरै भएका छन् । अहिले उनले ढाकाबाट टोपी,पछ्यौरा, चोली, झोला तथा पर्स बनाउने गरेकी छिन् ।

उनी मात्र होइन आख्रेनीकै भीममाया मगर पनि ढाका बुन्न व्यस्त छिन् । उनले दिनको २ वटासम्म टोपी बनाउने गरेको बताईन् । सुरुमा काम गर्दा उनले पनि गाउँले र छिमेकीले सोध्दा कमलमायाकै जस्तो जवाफ सुन्नुपथ्र्यो । तर अहिले उनीहरू खासै चासो गर्दैनन् । ‘पहिला त मलाई पनि कमलमाया बहिनीको जस्तै प्रश्न गर्थे अनि त्यही खाले वचन बोल्थे सबैले । तर आजकाल पैसामा किनेर नपाईने सीप सिकेका छौं । त्यसैमा खुसी लागेको छ । पैसा भन्दा पनि सीप ठूलो कुरो रैछ । सीप भएपछि बल्ल पैसा कमाई हुँदो रैछ’ उनले भनिन् ।

दुवै जना अहिले सदरमुकाम मन्थलीको लाङ्घाली ढाका कपडा उद्योगमा काम गर्छन् । दुवैका श्रीमान वैदेशिक रोजगारका लागि गएका छन् । उनीहरू बच्चा पढाउन सदरमुकाम बस्ने गरेका हुन् । भिममाया भन्छिन् – ‘श्रीमान वैदेशिक रोजगारीका लागि जानुभएको छ । म बच्चा पढाउन मन्थलीमा बसेकी छु । दिनभरी घरमै बस्दा नानाथरी कुरा खेल्ने भएकोले ढाका बुन्ने तालिम गरेर काम गर्न थालेको हुँ । अहिले यही पेसा गरेर बच्चा पढाउन र आफूलाई खर्च गर्न पुगेको छ । उहाँले कमाएर पठाएको पैसा सबै बचत हुन्छ ।’

उनीहरूले यस पेसाबाट सन्तुष्ट भएको बताए । ‘एउटा टोपी बुनेको १ सयदेखि ३ सय रुपैयाँसम्म पाइन्छ । भाउको लागि चाहीँ टोपीको गुणस्तर कस्तो भन्नेमा भर पर्छ । ‘बिहान खाना बनाएर बच्चा स्कूल पठाउँछौं । अनि त्यतैबाट यता आउँछौं र दिनभर काम गरेर बेलुका बच्चा स्कूलबाट लिएर फर्कन्छौं’  कमलमायाले भनिन् ।

आजकाल सामान्य खर्च गर्न श्रीमानसँग पैसा माग्नु नपर्ने उनीहरूले सुनाए । आफूलाई मन लाग्दा  खर्च गर्न पाईएकामा उनीहरू दंग छन् । ‘बच्चा पढाएर कोठा भाडा तिर्न पनि पुगेकै छ । आफैंले बनाएका लुगा लगाउन पनि पाइएको छ । अहिले यहाँ हामी १३ जना काम गर्छौं । यो पेशा राम्रो छ’ भीममायले थापिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: