महिला खबर
दोलखा । महिला तथा बालबालिका कार्यालय दोलखाले तीन सय सतासी बालिकालाई नगद पाँच हजार र एक सय बयासी जना बालिकालाई नगद चार हजार रुपैयाँ वितरण गरेको छ। केन्द्रिय बाल कल्याण समितिको समन्वय एवं युनिसेफको सहयोगमा कार्यालयले भूकम्पपीडित र प्रभावित बालबालिकालाई उक्त आर्थिक सहयोग गरेको हो।
भूकम्प प्रभावित बालिकालाई आपत्तकालिन शैक्षिक सहयोगका लागि उक्त रकम वितरण गरिएको महिला विकास अधिकृत लक्ष्मी ढकालले जानकारी दिनुभयो। सो अवसरमा उनीहरूलाई लत्ताकपडा, खाद्यान्नलगायतका सामग्री समेत वितरण गरिएको कार्यालयले जनाएको छ।
Comment Here!