टेन्टबाट भवनमा सर्दै विरामी


प्रकाशित मिति :2016-06-20 19:17:57

वसन्ती बास्तोला

h4नुवाकोट । पुनःनिर्माण गरिएको त्रिशुली जिल्ला अस्पताल सोमबार जर्मन राजदुत माथियस मेयेरले स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. पदमबहादुर चन्दलाई हस्तान्तरण गरेका छन् । गत बैशाख १२ को भुकम्पले भवन भत्किएपछि विरामीको उपचार टेन्टमा हु“दै आएको थियो । जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा जि.आइ.जेड.द्धारा अस्पताल निर्माण सम्पन्न भएको हो ।
१ करोड २० लाखको लागतमा संपन्न भवनमा १७ वटा कोठा र १५ वटा शैया छन् । निर्माण थालिएको ५ महिनापछि सम्पन्न भएको अस्पतालमा दैनिक १० जनाभन्दा बढि महिला सुत्केरी सेवा लिन आउने गर्छन । टेन्टमा उपचार गराउँदा विरामी र
सुत्केरी झन समस्यामा पर्ने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुर्यप्रसाद भुषालले बताए । भने ‘चिसो, घाम र पानीले विरामी झन समस्यामा थिए ।’

अस्पताल पुनः निर्माणपछि सर्वसाधरण खुशी छन् । अस्पतालमा नुवाकोट, धादिङ र रसुवाबाट दैनिक १ सयभन्दा बढि उपचारका लागि आउने गर्छन । जस्मा महिला बढि छन् । नया“ भवनमा मंगलबारबाट सेवा सुरु हुने अस्पताल विकास समितिका अध्यक्ष अरुण कुमार श्रेष्ठले बताए ।
h2

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: