मनिषाको हत्या आरोपमा आशिषविरुद्ध मुद्दा


प्रकाशित मिति :2016-06-21 09:58:23

ज्ञानु पंगेनी
bimal gharनवलपरासी । राष्ट्रिय फुटवल खेलाडी  विमल घर्ती मगरकी बहिनी मनिषाको हत्या  गरेको आरोपमा उनका प्रेमी आशिष भन्ने  रुद्रनारायण चौधरीलाई आजिवन कैदको माग गर्दै सरकारी वकिलको कार्यालय नवलपरासीले जिल्ला अदालत परासीमा मुद्दा दर्ता गरेको छ ।

हत्या आरोपमा पक्राउ परेका आशिषको पोलिग्राफ परिक्षणमा निर्दोष देखिएको भएपनि प्रहरीको थप अनुसन्धानबाट हत्या नै भएको तथ्य भेटिएको अनुसन्धानमा खटिएका  जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरिक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

प्रहरीले अनुसन्धानका क्रममा मृतक मनिषा एवं आशिषको फोनको विस्तृत अध्ययन  गर्दा  एक हप्ताको समयमा उनीहरू बिच २ सय १८ पटक फोन वार्ता भएको पाईएको प्रहरी निरिक्षक सापकाटोले जानकारी दिनुभयो ।

सापकोटाका अनुसार मनिषाले चौधरीलाई १ सय १६ पटक र चौधरीले मनिषालाई १ सय २ पटक फोन गरेको पाईएको  छ । घटना भएको दिन उनिहरू बिचमा भनाभन भएको, बेलुका आशिषलाई मनिषाले बोलाएको र राती आशिष मनिषाको घरमा आएको समेत अनुसन्धानबाट खुलेको  सापकाटोको भनाई छ ।

मनिषाको हत्या भएको भन्दै स्थानीय , खेलप्रेमी , शुभचिन्तक सबै आन्दोलित बनेका छन् । आईतवार पनि नेपाल मगर संघको अगुवाईमा  प्रदर्शन भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: