पीडकलाई प्रहरी सुरक्षाः पीडित सडकमा


प्रकाशित मिति :2016-06-21 12:44:57

इन्दिरा खनाल
बुटवल । झुक्याएर श्रीमानले सम्बन्ध विच्छेद गरेपछि रुपन्देही तिलोत्तमा नगरपालिका मंगलापुरकी विद्या गौतम बिचल्लीमा परेकी छन् । उनी अहिले न्यायका लागि कहिले प्रहरी त कहिले  अदालत धाउँदै छन् । तर उनकै गल्ती देखाएर यी निकायले सहयोग गरेका छैनन् । झुक्कयाएर  सम्बन्ध विच्छेद गर्ने उनका श्रीमान अर्जुन गौतम फरार छन् भने उनका परिवारका अन्य सदस्यलाई प्रहरीले सुरक्षा दिएर राखेको छ ।

विद्याले श्रीमान अर्जुनप्रति कहिल्यै कुनै शंका गरिनन् । अर्जुनले जे भन्यो, त्यही मान्दै आइन् ।  तर अहिले उनलाई यही विश्वासले धोका दिएको छ ।  श्रीमानले भनेको कुरा मान्दा  उनी न्यायको भीख माग्दै अदालत र प्रहरी समक्ष धाउन बाध्य छिन् ।  छ वर्षसम्म सँगै  बसेका श्रीमानले उनको साथ छोडेका छन् भने घरपरिवारबाट उनी निकालिएकी छिन् ।

गतवर्ष माघमा अर्जुनले विद्यालाई घुम्न जाने प्रस्ताव गरे ।  घुम्न जाँदा छोराछोरीको पढाई विग्रने भएपनि उनले श्रीमानको कुरा काट्न सकिनन् । श्रीमानले घुम्न जाने प्रस्ताव गरेपछि, विद्यालाई लाग्यो – ‘माया गरेर राखेको प्रस्ताव कसरी नाई भनुँ ।’ विद्यालाई के थाहा श्रीमानको त्यो प्रस्ताव देखावटी र बनावटीमात्र थियो ।

घुम्न भनेर नेपालगञ्ज गएको पहिलो दिनमै अर्जुनले नेपालगञ्जमा व्यवसाय गर्ने कागजी प्रक्रियाकालागि भन्दै  विद्यालाई एउटा कागतमा हस्ताक्षर गर्न कर गरे । तर, अर्जुनको  व्यवसाय  नाटकमात्र भएको उनले पत्तै पाइनन् ।  उनले पढ्दै नपढी श्रीमानले ल्याएको कागतमा हस्ताक्षर धस्काइन् ।

vlcsnap-2016-06-18-18h12m28s178 (1)

अर्जुनले तयार गरेको उक्त काजग सम्वन्ध विच्छेदको थियो । त्यही कागजका कारण अहिले उनी घरबाट निकालिएकी छिन् । एकै पटक विद्याले आफ्नो योजनाको जानकारी नपाउन् भनेर अर्जुनले नाटकको श्रृंखला भने जारी राखे । घुमेर फर्केपछि आफू विदेश जाने वहाना बनाउँदै घरमा गारो हुन्छ भन्दै श्रीमतीलाई वुटवलमा  भाडाको कोठामा राख्न थाले । वुटवल बस्ने प्रस्तावपनि विद्याले स्वीकार गरिन् ।

वुटवल वस्दा अन्न लिन उनी कुञ्जलापुर घरमा गइन । त्यतिवेला अर्जुनले गरेको नाटकको सवै पर्दाफास भयो ।  घरमा ससुरा, जेठाजु र आफ्नै श्रीमानले सम्वन्ध विच्छेद भएको भन्दै घर पस्न दिएनन् । उनी छांगाबाट खसे जस्तै भइन् । उनले नेपालगंजमा गरेको हस्ताक्षरले उनका लागि न्यायका सवै ढोका बन्द गरिदिएको छ ।

प्रहरी, अदालत जहाँ पुग्छिन् , उनलाई आफैँले हस्ताक्षर गरेको त्यही कागजले समस्या पार्छ । विद्या भन्छिन् ‘ झुक्काएर हस्ताक्षर गरायो, अहिले अदालत र प्रहरीकहाँ जाँदा हामीले केही गर्न सक्दैनौं भन्छन् ।’

उनका एक छोरा र एक छोरी छन् । छोराछोरीकालागि भन्दै उनी अहिले प्रहरी र अदालत धाइरहेका छन् । उनको न्यायको लडाइमा आमा समूह र गाउँका अगुवा महिलाले साथ दिएका छन् ।

उनीहरूले झुक्याएर कागज गराउने अर्जुनमाथि कार्बाहीको माग गरेका छन् ।  विद्याको न्यायका लागि लडिरहेकी  जमुना लम्सालले झुक्याएर कागज गराउने अर्जुनमाथि कार्वाही गर्नुपर्ने बताइन् । ‘हामी अर्जुनलाई कार्वाही नभएसम्म आन्दोलन गर्छौ’ मंगलापुर इलाका प्रहरी कार्यालयमा धर्ना बस्दै गर्दा भेटिएकी जमुनाले भनिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: