तेह्र वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ


प्रकाशित मिति :2016-06-21 16:46:21

ज्ञानु पंगेनी

नवलपरासी। आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ। कावासोतीको एक विद्यालयमा कक्षा ७ मा अध्ययरत ती बालिका ४० वर्षीय आफ्नै बाबुबाट ३ महिनादेखि पटक पटक बलात्कृत भएको कुरा विद्यालयले थाहा पाएपछि प्रहरीलाई खबर गरेको थियो।

कावासोतीको एक विद्यालयमा एक वर्षदेखि क्यान्टिन चलाउँदै आएका उनले सोमवार राती पनि छोरीलाई जबरजस्ती गर्न खोजेका थिए। छोरीले प्रतिकार गरेपछि उनले छोरीलाई कुटपिट गरे। छोरी राती नै भागेर साथीको घरमा गएपछि घटना बाहिर आएको हो।

उनी पढ्ने विद्यालयका अनुसार ती बाबुले छोरी पहिलो पटक महिनावारी भएकोदेखि नै नियमित नशालु पदार्थ खुवाइ करणी गर्ने गरेका थिए। साथीले घटनाबारे मंगलवार विद्यालयमा शिक्षकलाई जानकारी गराएपछि विद्यालयले ईलाका प्रहरी कार्यालय नवलपुरमा खबर गरेको हो।

बालिकाले आफू करिब चार महिना अगाडि पहिलो पटक महिनावारी भएपछि नभएको समेत बताएकी छन्। बालिकाकी आमा ४ वर्ष अघि घर छाडेर हिँडेपछि २ जना दिदी बहिनी र बाबु क्यान्टीनमा संगै बस्दै आएका थिए। उनकी ठूली दिदीको विहे भैसके छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: