महिला खबर
काठमाडौं । दुई दशकदेखि महिला अधिकारको आन्दोलनमा सक्रिय सञ्चारिका समूहकी पुर्व अध्यक्ष तथा महिला अधिकारकर्मी बन्दना राणा महिलामाथि हुने सवै प्रकारका भेदभाव अन्त्य गर्ने संयुक्त राष्ट्रसंघीय समिति सीडको सदस्यमा निर्वाचित हुनुभएको छ ।
मगंलवार सीड समितिको सदस्यका लागि भएको निर्वाचनमा राणाले एक सय ६ मत पाउनुभएको थियो । सदस्य पदका लागि प्रतिस्पर्धामा उत्रिएका २५ जना मध्ये ११ जना विजयी भएका छन् । ११ जनामा राणाको स्थान छैटौं रहेको छ । नेपाल सरकारले राणालाई उक्त समितिको सदस्य पदका लागि उम्मेदवार बनाएको थियो । यो कमिटीको सदस्य पदमा निर्वाचित हुने राणा नेपालका तर्फबाट पहिलो महिला हुनुहन्छ ।

तस्विर: बन्दना राणाको फेसबुकबाट
राणाले आउँदो वर्ष सन् २०१७ देखि ३ वर्षसम्म संयुक्त राष्ट्रसंघको सीड समितिको सदस्य भएर काम गर्नु हुनेछ । यो पदका लागि विश्वास गरेर आफूलाई अवसर दिएकोमा राणाले नेपाल सरकारलाई धन्यवाद दिनुभएको छ महिलामाथि हुने सवै प्रकारका हिंसा अन्त्य सम्बन्धि महासन्धि सीडका पक्ष राष्ट्रले २३ सदस्यीय समितिका लागि हिजो सदस्य छनौट गरेका हुन्।
Comment Here!