बालबालिकामाथिको दुर्व्यवहार रोक्न सहकार्य आवश्यक


प्रकाशित मिति :2016-06-22 11:39:27

महिला खबर
काठमाडौ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बालबालिका तथा किशोरी माथि भइआएका गैरकानुनी कार्यलाई रोक्नुपर्ने र त्यसका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मिडिया मोबिलाइजेसन फर सस्टेनेवल डेभलपमेन्ट नामक संस्थाले मङ्गलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यो समूह समाजको अत्यन्त संवेदनशील समूह भएको बताउँदै उनीहरूमाथिको हिसा रोक्न आफू प्रतिवद्ध रहेको बताउनु भएको हो ।

कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव डा किरण रुपाखेतीले मनोरञ्जनको क्षेत्रमा काम गर्ने  बालबालिकाका अधिकार सुरक्षित गर्न सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत सङ्घसंस्थाबीच समन्वय र सहकार्य गरी एकताबद्ध भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल स्वतन्त्र होटल, क्यासिनो, रेस्टुराँ मजदुर युनियनका महासचिव दीपक सापकोटाले मनोरञ्जनका क्षेत्रमा विभिन्न डनले लगानी गरेको बताउँदै त्यस्ता क्षेत्रमा हुने गैरकानुनी कार्यलाई नियन्त्रण गर्न स्थानीय प्रशासनको सहयोग अत्यन्त जरुरी रहेको बताउनुयो ।
सञ्चारिका समूहका महासिचव कमला पन्थीले यस क्षेत्रमा लाग्नुको बाध्यता पत्ता लगाइ समाधानको पहल गरिनुपर्ने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: