अक्षर चिनेपछि आत्मविश्वास बढ्यो


प्रकाशित मिति :2016-06-22 14:38:58

सर्मिला बुढाथोकी
20140407_165600

दोलखा । भीमेश्वर नगरपालिकाकी ७० वर्षीया कृष्ण कुमारी थापाले अक्षर चिन्न थालेको ५ वर्ष भयो । यो अवधिमा थापा हस्ताक्षरबाट बैंक कारोबारसम्म गर्न सक्ने भएकी छिन् । अक्षर चिन्न थालेपछि आत्माविश्वास बढ्दै गएको थापा बताउँछिन् । भन्छिन् ‘अक्षर चिनेपछि अरुले झुक्याउँछन्  कि भन्ने त्रासबाट मुक्ति मिलेको छ ।’

‘आफूलाई धार्मिक किताब पढ्न असाध्यै मन थियो, तर पढेर सुनाईदेउ भन्दा न बुढा मान्थे न छोराछोरी, यिनीहरूको भर पर्नु भन्दा त आफैँ पढ्न सिक्छु भनेर प्रौढ शिक्षा पढें’ थापाले भनिन् –जमानादेखि अक्षर चिन्ने भएको भए कति प्रगति गर्थे होला अहिले अंगे्रजी चाहिँ जान्दिन नेपाली त सबै पढ्छु ।

दोलखा कै ५८ वर्षीया भक्तमाया के.सी पनि प्रौढ शिक्षा पढेपछि अक्षर चिन्न सकेकोमा निक्कै खुशी छन् । ‘पहिले अहिलेको जस्तो फोन नहुँदा छोराहरूले लेखेको चिठी पढ्न गाँउमा अरुको सहयोग लिनु पथ्र्यो’ विगत सम्झँदै भक्तमायाले भनिन् –‘प्रौढ शिक्षा पढेपछि चिठी पढ्न सक्ने भएकोमा निक्कै गर्व लागेको छ ।

फस्कु गाविस की ४८ वर्षीया टिकामाया खड्का पढन् नजान्दा ठगिएको बताउँछिन् । मुखले लाखौंको हिसाब गर्न आउथ्यो, तर लेख्न आउँदैनथ्यो । किराना पसल गर्दा खाता लेख्न नजानेर थुप्रैले भुक्याएको उनको अनुभव छ । तर अहिले अक्षर चिन्न र लेख्न जान्ने भएपछि सबै हिसाब टिपेर राख्छु, पढ्न आउँछ भनेपछि ग्राहकले भुक्याउने आँट पनि गर्दैनन्– खड्काले भनिन् ।

सवै नागरिकलाई साक्षर बनाउने नेपाल सरकारको लक्ष्य पुरा गर्ने उद्देश्यले दोलखालाई २०७३ असार १० गते पुर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेको जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनले जानकारी दिनुभयो । अवका दिनमा ‘कालो अक्षर भैँसी बराबर’ भन्ने टुक्काको प्रयोग समाजबाट हट्ने लोप्चनको दाबी छ ।

20140407_170233

जिल्लालाई पुर्ण साक्षर जिल्लाको घोषणा गर्न  जिल्लाका ४८ गाविस र २ वटा नगरपालिकामा  प्रौढ शिक्षा सञ्चालन गरेपछि जिल्लामा ९५.३७ प्रतिशत साक्षर भएको र त्यसमा आधाभन्दा बढी महिला रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा उल्लेख छ  ।

 २०६७ सालको सर्वेक्षण अनुसार  १५ देखि ६० वर्ष उमेर समूहका ५३ हजार २ सय ८५ जना निरक्षर रहेकोमा प्रौढ शिक्षालगायतका कार्यक्रमपछि २०७२ सालामा त्यसमध्ये ५० हजार ८ सय १६ जना साक्षर भएको जिल्ला शिक्षा कार्यालय दोलखाका शाखा अधिकृत भक्तबहादुर गोदारले जानकारी दिनुभयो ।

साक्षर जनसंख्यामध्ये महिला कति छन् भन्ने ठ्याक्कै तथ्याङ्क  ननिकाले पनि महिलाको संख्या नै बढी रहेको शाखा अधिकृत गोदारले बताउनु भयो ।

यसरी समग्रमा ९५ प्रतिशत भन्दा बढी दोलखाली साक्षर भएपछि जिल्लालाई पूर्णसाक्षर जिल्ला घोषणा गर्न लागिएको कार्यालयले जनाएको छ । नेपाल सरकारले यहिवर्षभित्र देशको ७५ वटै जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने लक्ष्य लिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: