मनिषा हत्या प्रकरण— दबाबमा परेका छैनौंः प्रहरी


प्रकाशित मिति :2016-06-22 16:11:22

ज्ञानु पंगेनी
bimal gharनवलपरासी । राष्ट्रिय फुटवल खेलाडी  विमल घर्ती मगरकी बहिनी मनिषाको हत्या  उनका प्रेमी आशिष भन्ने  रुद्रनारायण चौधरीले नै गरेको निष्कर्ष प्रहरीले निकालेको छ, तथापी यस घटनालाई कतिपयले दबाब आएर प्रहरीले आशिषलाई दोषी ठहर्‍याएको भन्ने आशंका पनि  गरेका छन् ।

विमल चर्चित राष्ट्रिय फुटवल खेलाडी भएकै कारणले उनकी बहिनीको केशमा प्रहरी दबाब आएको भन्ने भनाई बाहिर आईरहेका छन् ।   ठूलाबडाको केशमा प्रहरीले तदारुकता देखाउने तर, आम सर्वसाधारण माथि हुने यस्ता घटनामा सुस्ताउने  गरेको आरोप प्रहरीलाई लाग्ने गरेको छ । मनिषाको घटनामा पनि कतिपयले आशिषविरुद्ध नगए प्रहरीलाई विरोधको सामाना गर्नुपर्ने देखिएपछि प्रहरी आशिषलाई हत्यारा बनाउन  लागि परेको तर्क गर्न थालेका छन् ।

आशिषलाई आजिवन कैदको माग गर्दै सरकारी वकिलको कार्यालय नवलपरासीले सोमावार मात्रै जिल्ला अदालत परासीमा मुद्दा दर्ता गरेको छ ।

घटना भएको एक हप्तापछि जेठ १९ गते प्रहरीले अभियुक्त आशिषको पोलिग्राफ रिपोर्ट सार्वजनिक गर्दै आशिषले पोलीग्राफ परिक्षणमा बोलेको कुरा र प्रहरीसँगको बयानमा भनेको कुरा मेल खान गएको जानकारी गराएको थियो  ।

पोलिग्राफ रिपोर्टका आधारमा  प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रहरीकै भनाईका आधारमा हत्या आशिषाले नगरेको भन्ने तर्क बाहिर आईरहँदा प्रहरीले एकाएक फेरी अनुसन्धानका क्रममा हत्या आशिषले नै गरेको भन्ने प्रशस्त  प्रमाण फेला पारेको जनाउँदै  मुद्दा  दायर गरेपछि यस घटनालाई  कतिपयले प्रहरी दबाबमा आएको भनेर आंकलन गरेका हुन् ।

पोलीग्राफ एउटा अनुसन्धानको पाटो मात्रै भएको बताएको छ । ‘यो नै सबै सबुत प्रमाण होईन, अनुसन्धानको क्रममा आशिषविरुद्ध फेला परेका सबुत प्रमाणले हत्यारा उही  हो भन्ने स्पष्ट देखाउँछ, तर यसको फैसला गर्ने काम अदालतको हो’ अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरिक्षक टिकाराम पोख्रेलले भन्नुभयो,  हाम्रो काम सबुत प्रमाण अदालतलाई बुझाउने हो त्यही गरेका हाैं।’

‘आशिषले आफैँले पनि मनिषासँग झगडा भएको स्विकार गरेको छ , मनिषाको मृत्यु हुनुभन्दा अघिल्लो दिनको उनको फेसबुक स्टाटस र मनिषासँग आशिषले फेसबुकमा गरेको म्यासेजको कुराकानीले पनि उ दोषी  देखिन्छ , पोष्टमार्टम रिपोर्टमा घाँटी थिचिएको पाइएकोले सास फेर्न नसकी उनको मृत्यु भएको देखिएको छ , मनिषाको घाँटीमा वेरिएको सललाई आशिषले प्रमाण नष्ट गर्न कल्भर्ट मुनी लगेर फालेको पाईएको छ, पोष्टमार्टमा उक्त सल र मनिषाको घाँटीमा बेरेको सलको डाम मिलेको छ  ’ पोख्रेलले भने  ।’

‘घटनाको दिन जेठ १२ गते आशिषको मोबाइल नम्बरबाट मनिषाको मोबाइल नम्बरमा ८ बजेर ३२ मिनेट २७ सेकेण्डमा अन्तिम कल गरेको पाईएको छ  । मनिषा र आशिषबिच भएको कुराकानीको कल रेकर्ड , मोबाइलको म्यासेजमा भएको कुराकानी सबै  आशिषविरुद्ध छन, फोनमा गाली गलौज गरेको , म्यासेजमा पनी धम्कीपुर्ण भाषा प्रयोग गरेको छ । घटनाका दिन पनी झगडा भएको छ ।  हामीले यी सबै सबुत प्रमाण सहित  मुलुकी ऐन ज्यान सम्बन्धि महल अनुसार सजाय गरिपाउँ भनेर मुद्दा दर्ता गरेका छाैँ । फैसला गर्ने काम हाम्रो होईन अदालतको हो’  पोख्रेलले भन्नुहुन्छ ।  मनिषा हत्या घटनाको बाहिरी अनुसन्धानमा पोख्रेल खटिनुभएको थियो भने घटनास्थलको अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत प्रहरी  निरिक्षक प्रकाश सापकोटाले पनि घटनापछिको  मनिषाको कोठाको अवस्था फुटेका झ्यालका सिसा, उनले लगाएको भित्री बस्त्र च्यातिनु , रगतको टाटा यी सबै सबुतले आशिषले नै हत्या गरेको बलियो प्रमाण भएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएपी  राजेन्द्र प्रसाद चौधरीले   अनुसन्धानबाट आशिष नै दोषी देखिएको दावी गर्नुहुन्छ । ‘लामो समयसम्म हामीले गरेको अनुसन्धानबाट आशिषविरुद्ध सबै सबुत प्रमाण फेला परेकाले मुद्दा दायर गरेका हौं, कोही कसैको दबाबमा आएको होईन,   हामीले पेश गरेका प्रमाणका आधारमा उसलाई दोषी ठहर गर्ने नगर्ने जिम्मा अदालतको हुन्छ’ डिएपी चौधरीले भन्नुभयो  ।

अदालतबाट आशिष दोषी ठहरिए सर्वस्व सहित जन्मकैदको सजाय हुने डिएपी चौधरीले बताउनुभयो । आशिषलाई बुधवार पनि थुनछेक  वहसका लागि अदालतमा पेश गरिएको छ ।

१८ वर्षीया मनिषा जेठ १३ गते बिहान नवलपरासी बर्दघाट ८ भुताहास्थित आफ्नै घरमा  शंकास्पद रुपमा मृत भेटिएकी थिइन् ।  सो दिन उनी घरमा एक्लै थिइन् ।

घटनापछि विदेशमा खेल अध्यासका लागि गएका विमल फर्किएका छन् । उनले पनि आफ्नी बहिनीले आत्महत्या गर्नै नसक्ने, उनको हत्या नै भएको बताउँदै आएका छन् । आफ्नो फेसबुक स्टाटसमा लेख्दै  विमलले बहिनीको हत्यारालाई सजाय दिन आफू लड्ने भन्दै  उनले अठोट समेत  गरेका छन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: