महिला खबर
ललितपुर । आज छैटौं अन्तर्राष्ट्रिय एकल महिला दिवस । “समतामुलक सामज, दिगो विकास तथा लैैङ्गिक न्यायका लागि एकल महिलालाई अगाडि बढाऔ भन्ने नारासहित नेपालमा पनि मनाइदैछ ।
संयुक्त राष्ट्र सङ्घले एकल महिलाको गरिवी, शिक्षालगायतका विषयलाई प्राथमिकताका साथ सम्वोधन गरी एकल महिलालाई समाजमा हिंसारहित र सम्मानित जिवन जिउनको लागि सशक्त गराउनुपर्ने भन्दै सन् २०११ देखि जुन २३ तारिकका दिनलाई अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने निर्णय गरेको हो ।
नेपालको जनगणना २०६८ का अनुसार नेपालमा ५ लाख भन्दा बढी एकल महिला छन् । नेपाल सरकारले एकल महिलाको शसक्तिकरण गरी उनीहरूलाई आत्मनिर्भर बनाउन आकस्मिक कोषको स्थापना गरेको छ ।
Comment Here!