महिला खबर
सुनसरी। जिल्लामा पछिल्लो छ महिनामा वालिका वलात्कारका घटना गत वर्षको भन्दा दोब्बर वढेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीका प्रतिनिधि शेखर ढकालका अनुसार गत छ महिनाको अवधिमा सुनसरीमा भएका मानवअधिकार उल्लंघनका घटना मध्ये सवैभन्दा वढी वालिका वलात्कारका घटना छन्।
सुनसरीमा गत जनवरीदेखि जुन महिनासम्ममा २७ वटा गम्भिर खालका मानवअधिकार हनन्का घटना भएका छन्। ती मध्ये १२ वटा घटना वालिका वलात्कारका छन्। छ जना वालिकामाथि वलात्कारको प्रयास भएको छ भने पाँच जना महिला वलात्कृत भएका छन्। दुइजना महिलामाथि वलात्कारको प्रयास भएको छ।
सन २०१५ मा १७ जना वालिका र तीन जना महिला वलात्कृत भएको तथ्यांकमा उल्लेख छ। इन्सेकका अनुसार पछिल्लो छ महिनामा भएका यी घटना गत वर्षको त्यहि अवधि भन्दा दोब्बर हुन। यो अवघिमा भएका गम्भिर मानवअधिकार उल्लंघनका घटनामा एकजना महिलाको हत्या भएको छ। एउटा घटना मानववेचविखन तथा ओसार पसारको छ।
Comment Here!