महिला खबर
दोलखा । विनाशकारी भूकम्पले अभिभावक गुमाएका बालबालिकालाई दोलखा सुनखानीका कृष्ण शिवाकोटीले नगद सहयोग गर्नुभएको छ ।
भूकम्पमा परी आमा, बुबा गुमाएका १४ जना बालबालिकालाई उनीहरूको शिक्षालाइृ निरन्तरता दिन सहयोग पुगोस भन्ने उद्देश्यले नगद रकम सहयोग गरेको शिवाकोटीले बताउनुभयो ।
हाल विदेशमा बस्दै आउनु भएका कृष्ण शिवाकोटीले भूकम्पमा परी आमा बुबा गुमाएका लामीडाँडा गाविसका आठजना, भिमेश्वर नगरपालिकाका चार जना र जफे गाविसका दुईजना बालबालिकालाई जनही १० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्नुभएको हो । हुराडेक नेपाल दोलखाको आयोजनामा भएको रकम हस्तान्तरण कार्यक्रममा आफूले सानो उमेरमा आर्थिक अभावको कारण पढ्न नपाए स्मरण गर्दै शिवाकोटीले अभिभावकविहिन बालबालिकाले यस्तो समस्या भोग्न नपरोस भनेर सहयोग गरेको बताउनुभयो । दोलखामा प्रकृतिक प्रकोपलगायत अन्य कारणले एक हजार ७ सय ७४ जना बालबालिका जोखिममा रहेको तथ्याङ्कले देखाएको छ ।
Comment Here!