महिला बेच्नेलाई बीस वर्ष कैद


प्रकाशित मिति :2016-06-24 12:54:53

महिला खबर
सिन्धुपाल्चोक । महिला बेच्ने दलाललाई जल्ला अदालत सिन्धुपाल्चोकले २० वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । सिन्धुपाल्चोक, शिखरपुरका ४९ वर्षीय विष्णुप्रसाद दाहालविरुद्ध जिल्ला अदालत सिन्धुपाल्चोकका न्यायाधीश चिन्तामणि बरालको एकल इजलासले सो फैसला गरेको हो । अभियुक्त दाहाललाई दुई लाख रुपैयाँ जरिवाना र प्रतिवादीबाट पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराइदिने पनि फैसला गरिएको छ ।

दहालले एक महिलालाई भारतको नयाँ दिल्लीमा बिक्री गरेको आरोपमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम सो सजायको फैसला भएको स्रेस्तेदार महेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

पीडित महिलाले उद्धारपछि दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीले २०७० चैत १३ गते दाहाललाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको थियो ।

यसैबीच सिन्धुपाल्चोक गोल्चेका डेमा छिरिङलाई पनि जिल्ला अदालतले १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । उनीबाट पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि अदालतले दिएको छ । उनले एक महिलालाई विसं २०६५ चैत ९ गते कुबेत पठाइ दिन्छु भनी बिक्री गरेको स्रेस्तेदार कार्कीले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: