महिला खबर
दोलखा । महिला तथा बालबालिका कार्यालय दोलखाले ग्रामीण भेगका महिलालाई आत्मनिर्भर बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । कार्यालयले तालिममा सहभागी महिलालाई आयमूलक व्यवसाय सुरु गर्न प्रति व्यक्ति ७ हजार ५ सय रुपैयाँ अनुदान रकम समेत सहयोग गर्दै आएको छ । भूकम्प पीडित महिलालाई आयमूलक व्यवसायका लागि छनौट गर्ने र सम्बन्धित विषयमा तालिम दिएपछि आर्थिक सहयोग गर्ने कार्यक्रम रहेको महिला विकास अधिकृत लक्ष्मी ढकालले बताउनुभयो ।
यसै उद्देश्यले महिला तथा बालबालिका कार्यालय दोलखाले सदरमुकाम चरिकोटमा ५ दिने बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न गरेको छ । तालिममा दोलखाको काब्रे, सहरे र जुँगु गाविसका ६० जना महिला सहभागी भएको महिला विकास अधिकृत ढकालले बताउनुभयो ।
तालिमका सहभागीलाई पशुसेवा कार्यालयले बाख्रामा लाग्ने रोग, दाना पानी खुवाउने तरीकालगायतका विषयमा जानकारी दिएको थियो । यसैगरी भूकम्प पीडित सहयोग गन्र्तगत तरकारी खेती अनुदानमा छनौट भएका २० जना महिला किसानलाई ५ दिने तरकारी खेती सम्बन्धि तालिम दिईएको महिला विकास अधिकृत ढकालले बताउनुभयो । तालिमका सहभागीलाई जिल्ला कृषि विकास कार्यालय दोलखाका प्राविधिक सहायकहरूले व्यावसायिक तरकारी खेती सम्बन्धि प्रशिक्षण दिनुभएको थियोे ।
Comment Here!