मदिरा सेवनले लैंगिक हिंसा बढ्यो


प्रकाशित मिति :2016-06-24 14:44:04

महिला खबर

कपिलवस्तु। मदिरा सेवनका कारण महिलामाथि घरेलु हिंसा बढेको एक तथ्याङ्कले देखाएको छ।  जिल्लाको दक्षिणी गाविस हर्दौना, सिहोखोर र सौराहा गाविसमा गरिएको  एक सर्वेक्षणले अव्यवस्थित मदिरा सेवनका कारण घरेलुहिंसा, परिवार र समुदायमै अशान्ति हुने गरेको देखाएको छ।

साथी संस्थाले गरेको उक्त सर्वेक्षणको नतिजा सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेले अनियन्त्रित मदिरा सेवन, विक्री वितरणलाई प्रशासनले रोक्ने वचन दिनुभयो। उहाँले भन्नुभयो ‘कानुनको पालना गर्नु हामी सबैको नैतिक जिम्मेवारी हो।’ स्थानियस्तरमा हुने झैझगडा, मदिरा सेवन जस्ता क्रियाकलापलाई स्थानियस्तरबाटै रोक्ने प्रयास गर्नु पर्ने उहाँको भनाइ थियो । जथाभावी मदिरा विक्रि गर्न र सेवन गर्न पाइदैन भन्ने जानकारी स्थानिय तहमा गाविसले पनि दिनुपर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा स्थानिय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले अशिक्षा, वेरोजगारी, गरीबीका कारण पनि गाउँ गाउँमा अनियन्त्रित मदिरा सेवन र विक्री वितरण हुने हुँदा यसलाई न्युनिकरण गर्न अभियान नै थाल्नु पर्ने कुरामा जोड दिनुभयो। जिल्ला विकास समितिले स्थानियस्तरमा आयआर्जनका कार्यक्रम विस्तार गर्ने योजना बनाएको उहाँको भनाइ थियो।

कार्यक्रममा अधिवक्ता राजु कुमार श्रीवास्तवले मादक पदार्थ सेवनका कारण हुने लैंगिक हिंसा, कानुनी प्रावधान र नियन्त्रणका उपायका वारेमा जानकारी गराउनु भएको थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: