काठमाडाै‌ंमा पोषण मेला सुरु


प्रकाशित मिति :2016-06-24 17:14:54

महिला खबर

काठमाडाैं। अाम नेपालीकाे  खाने बानीमा सुधार ल्याउने उद्देश्यले  काठमाडाैंको भृकुटीमण्डपमा  पहिलो पटक पोषणसम्बन्धी दुईदिने मेला सुरु भएको छ । शनिबारसम्म  हुने मेलाले नेपालीको खाने बानीमा परिवर्तन ल्याउने उद्देश्य राखेको खाद्य तथा गुण नियन्त्र विभागका खाद्य अनुसन्धान अधिकृत कमलप्रसाद रेग्मीले बताउनुभयो ।

मेलामा विभिन्न जातीय संस्कृति झल्कने ७८ वटा खाद्य सामग्री कक्ष राखिएको छ । मेलाको  ५० हजार सर्वसाधारणले अवलोकन गर्ने लक्ष्य राखिएको  आयोजकहरूले बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ सङ्घको संयुक्त आयोजनामा  भएको मेलामा आधुनिक र जङ्क खाद्य पदार्थलाई समावेश गर्न  दिइएको छैन ।

नेपालमा पाँच वर्षमुनिका करिब ४१ प्रतिशत बालबालिका र करिब ५० प्रतिशत महिलामा कुपोषणको समस्या रहेको छ ।  पैँतीस प्रतिशत महिलामा आइरन कम भएर  एनिमिया रहेको देखिएको छ । कुपोषणका कारण बच्चा जन्माउने समयमा र बच्चा पाइसकेपछि बढी सङ्ख्यामा महिलाको मृत्यु हुने गरेको छ ।

कुपोषणलाई रोक्न स्थानीयस्तरमा उपलब्ध हुने पोषणयुक्त खाद्यान्न सागपात, तरकारी, गेडागुडी, फलफूल, चिनो, कागुनो, फापर, कोदो, मकै, आलु, सागपातलगायत खाद्य पदार्थ सन्तुलित परिमाणमा खानुपर्ने खाद्य बिशेषज्ञहरू बताउँछन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: