महिला खबर
दोलखा। मदिरा बिक्री वितरण नियन्त्रण गर्न तथा घरेलु मदिरा उत्पादन गर्ने महिलालाई विकल्प दिन सामाजिक सचेतना कार्यक्रम आवश्यक रहेको एक कार्यक्रमका सहभागीले निष्कर्ष निकालेका छन्।
मदिरा सेवनबाट घरेलु हिंसा बढ्ने र त्यसले आर्थिक प्रगतिमा समेत अवरोध गरेको निष्कर्ष पछि लैिङ्गक सरोकार समन्वय समिति दोलखाको समन्वयमा साथी संस्थाले दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरेको मदिराको प्रयोग र यसले समाजमा पारेको असर विषयक अर्न्तक्रिया कार्यक्रमका सहभागीले सरकारले मदिरा बिक्री वितरण ऐन संशोधनमा गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा बोलदै कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक नारायणप्रसाद उपाध्यायले अहिले पनि मदिरा बिक्री वितरण ऐन २०३१ नै कायम रहेकोले पनि कानुनी जटिलता उत्पन्न हुने गरेको बताउनु भयो। प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले समयानुकलु कानुन भए त्यसलाई कार्यान्वयन गर्न कठिन नहुने उल्लेख गर्दै यस्तो कुरामा समाजनै सचेत रहनुपर्ने बताउनु भयो।
Comment Here!