बजेट भएपनि बन्न सकेन सुरक्षित आवास


प्रकाशित मिति :2016-06-26 12:10:07

यमुना खनाल

सिरहा। सिरहामा महिला हिंसाका घटना बढी रहेपनि त्यस्ता महिलालाई राख्ने सुरक्षित आवास नहुँदा समस्या भएको छ।

हिंसामा परेर उजुरीका लागि आउने महिला तथा बालबालिकालाई सेफ हाउस नभएकै कारण कार्यालय मै राख्नु पर्ने बाध्यता रहेको महिला बालबालिका कार्यालय सिरहाकी प्रमुख दुर्गा भन्डारीले बताउनुभयो।

सेफहाउस निर्माणका लागि जिल्ला बिकास समिति सिरहाले आर्थिक वर्ष ०७०/ ०७१ मा १५ लाख, ०७१/०७२ मा ७ लाख रुपैयाँ बजेट विनियोजन गरेपनि जग्गा उपलब्ध नहुँदा बजेट फि्रज भएपछि हिंसा पीडित महिला बालबालिकाका लागि सुरक्षित आवास निर्माण कार्य अगाडी बढ्न सकेको छैन ।

चालु आर्थिक वर्ष०७२/०७३ मा पनि जिल्ला विकास समितिबाट विनियोजन भएको १० लाख्ा रुपैयाँ बजेट समेत फ्रीज हुने अवस्थामा पुगेको भण्डारी बताउनु हुन्छ।

जग्गा उपलब्ध नहुँदा र सरोकारवाला निकाय एकले अर्कालाई देखाएर पन्छिने गरेकाले घर निर्माणको काम अगाडी बढ्न नसकेको भण्डारीले बताउनुभयो। उहाँले महिला अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतीनिधिलाई सुरक्षित आवास निर्माणका लागि दबाब दिन आग्रह गर्नुभयो।

जिल्ला विकास समिति, प्रमुख जिल्ला अधिकारी, महिला तथा बालबालिका कार्यालय , सिरहा नगरपालिका ,मालपोत कार्यलयलगायतले यो हप्ता भित्रै जग्गाको टुंगो लगाउन सके सुरक्षित घर निर्माणका लागि छुट्टयाएको यो वर्षको बजेट खर्च हुने उहाँले बताउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: