पीडितको घरमा प्रमुख जिल्ला अधिकारी


आर्थिक सहयोग हस्तान्तरण

प्रकाशित मिति :2016-06-26 12:44:55

पार्वती पाण्डे
कपिलवस्तु । शसस्त्र प्रहरीमा कार्यरत कर्मचारीबाट सामूहिक बलात्कारमा परेकी बोल्न नसक्ने महिलालाई कपिलवस्तुकी प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेले घर मै पुगेर भेट्नुभएको छ। भेटका क्रममा घिमिरेले सामूहिक बलात्कारका दोषीलाई कानुन बमोजिम कारबाही गर्न आफूले सक्दो पहल गर्ने वचन पीडित परिवारलाई दिनुभएको छ।

गत जेठ ३० गते साँझ जबरजस्ती सामूहिक बलात्कारबाट गम्भीर भई काठमाडौं उपचारपछि शुक्रबार आफ्नै निवास शिवराज नपा आइपुगेकी बोल्न नसक्ने  ३५ वर्षीया महिलालाई भेटी उहाँले राहतको व्यवस्था र दोषीलाई कारवाही प्रक्रिया अघि बढाएको बताउनुभयो।

यसैक्रममा प्रजिअ घिमिरेले जिल्ला लैंगिक हिंसा निवारण कोषबाट पीडितलाई ४८ हजार ५ सय रुपैयाँ हस्तान्तरण गर्नुभयो। प्रजिअ घिमिरेले पीडितलाई सहज वातावरण बनाउन परिवारको महत्वपुर्ण भूमिका रहने बताउनुभयो। उहाँले राहतका लागि दिइएको रकम पीडितकै नाममा बैंकमा राखिदिन समेत परिवारलाई आग्रह गर्नुभयो।

प्रजिअसँगै पीडितकहाँ पुगेकी महिला तथा बालबालिका कार्यालय कपिलवस्तुकी प्रमुख कलावती ओझाले पीडितलाई प्रदान गरिएको रकममध्ये २० हजार आयआर्जनका लागि सहयोग रहेको जानकारी दिनुभयो। यसैगरी प्रदान गरिएको कूल रकममध्ये ११ हजार ५० रुपैयाँ लैंगिक हिंसा निवारण कोष उद्धार समितिका पदाधिकारीबाट सहयोग गरिएको जानमारी दिनुभयो।

यस्तै सशस्त्र प्रहरी बल विन्ध्याबासिनी गणका कर्मचारीले समेत स्वःस्फूर्त रुपले सहयोग उठाई संकलन भएको ४० हजार रुपैयाँ गणपति सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डलमार्फत पीडितलाई राहत स्वरुप प्रदान गरिएको थियो। यसअघि पनि सशस्त्रले पीडितलाई उपचारका लागि २५ हजार रुपैयाँ रकम प्रदान गरेको थियो।

पीडित महिलालाई भेटघाट गर्दै प्रहरी उपरीक्षक विष्णु के.सी.ले अभियुक्तलाई कुनैपनि हालतमा नछोड्ने बाचा गर्दै अनुसन्धानका क्रममा स्थानीयले प्रहरीलाई सहयोग गर्नुपर्ने औंल्याउनु भयो।

सशस्त्र प्रमुख, पीडित परिवार, स्थानीय बासिन्दा, मानवअधिकारकर्मी, राजनीतिक दल सबैको सहयोगमा अनुसन्धान गरी दोषी पत्ता लगाई कडा कारवाही गर्ने र पीडितलाई न्यायको वातावरण सृजना गर्न आफ्नो संगठन लागिपरेको उहाँको दाबी थियो ।

 महिला अधिकारकर्मीहरूले समेत दोषी कुनै पनि हालतमा छुट्न नहुनेमा जोड दिएका छन्। साथै यस किसिमको घटना अब कहिल्यै हुन नदिन र शान्तिपूर्ण तरिकाले जीवनयापन गर्ने वातावरण बनाउन प्रहरीले नागरिकको विश्वास जित्ने काम गर्नुपर्ने बताएका थिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: