महिला खबर
सिन्धुपाल्चोक। गर्भवती, सुत्केरी र वाल स्वास्थ्य सम्वन्धी सन्देशमुलक सडक नाटक जिल्लाका विभिन्न वजारमा प्रदर्शन भइरहेको छ। सुत्केरी अवस्थाका आमा र वच्चामा हुने समस्या र समाधानको उपायवारे नाटकीय ढंगवाट सन्देश प्रवाह गरिएको छ। नवजात शिशु तथा आमाहरुको अकालमा ज्यान जाने खतरावाट मुक्त रहन सडक नाटक प्रदर्शन गरिएको आयोजक जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
सामुदायिक कला समूहद्वारा तयार पारिएको सो नाटक शुक्रवार मेलम्ची र जलविरेमा प्रदर्शन गरिएको छ भने शनिवार खाडीचौरमा प्रदर्शन गरिएको छ। आईतवार सो नाटक तातोपानीमा प्रदर्शन हुने छ। सामुदायिक कला समूहकी सरस्वती अधिकारीले जिल्लाका मुख्य मुख्य केन्द्रमा साताभरी नाटक प्रदर्शन हुने जानकारी दिइन्। उनले भनिन्, ‘यो नाटकले सन्देश र मनोरञ्जन दुवै दिएको छ भन्ने मलाई विश्वास छ।’
नाटक हेरिसकेपछि जलविरेकी स्थानिय मनकुमारी चौलागाईले नाटक निकै राम्रो रहेको वताईन्। ‘ग्रामिण भेगका महिलाका स्वास्थ्य समस्यालाई नाटकले उजागर गरेको छ।’ उनले भनिन्, ‘परिवारले सुत्केरी हुनु अघि र सुत्केरी भईसकेपछि कसरी सहयोग गर्ने र स्वास्थ्य समस्या हुँदा स्वास्थ्यपोचार समेतको ज्ञान नाटकले दिएको छ।’
Comment Here!