महिला हिंसाका घटना बढेः प्रहरी


प्रकाशित मिति :2016-06-26 16:00:48

यमुना खनाल

सिरहा। जिल्लामा गत वर्षको तुलनामा यो महिला हिंसा बढेको महिला जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्याङकले देखाएको छ। आर्थिक वर्ष ०७१/०७२ मा सय वटा महिला हिंसाका घटना सम्बन्धि उजुरी प्रहरीमा आएका थिए। चालु आर्थिक वर्षको बैशाखसम्म ८२ वटा महिला हिंसामा उजुरी दर्ता भएका छन्।

मधेश आन्दोलन र नाकाबन्दीको समयमा महिला हिंसाका घटना अत्याधिक भएपनि सवारी साधन नचलेको र आन्दोलनका कारण सबै पीडितहरू प्रहरीसम्म उजुरीका लागि पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले बताउनुभयो। त्यसैगरी महिला अधिकारका क्षेत्रमा काम गर्ने संस्था आरेक नेपालले ६ महिनाको अवधिमा ६८ वटा महिला हिंसाका घटनाको अभिलेख गरेको जनाएको छ ।

सिरहामा यो वर्ष ४१ वटा कुटपीट तथा गाली गलौज ,१२ वटा बलात्कार, ९ वटा बलात्कार प्रयास , ३ वटा मानब बेचबिखन, बोक्सी आरोपमा ४ वटा , र बहु बिबाहका १२ वटा घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाको महिला बालबालिका सेवाकेन्द्रको तथ्याङ्कमा छ।

महिलामाथि हुने हिंसा न्युनिकरणका लागि जिल्ला प्रहरी कार्यालय सिरहाले स्कुल कार्यक्रम , भिडियो प्रदर्शनी , सडक नाटक जस्ता कार्यक्रम संचालन गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनु भयो।
महिला हिंसाका उजुरी लिएर महिला बालबालिका कार्यालयमा समेत दैनिक दुई देखि तीनजना महिला आउने गरेको कार्यालय प्रमुख दुर्गा भण्डारीले बताउनुभयो। उजुरीका कारण जुनसुकै घटना लिएर आएपनि कारण दाइजो हुने गरेको भण्डारीको ठहर छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: