बलात्कारको आरोपमा प्रधानअध्यापक पक्राउ


प्रकाशित मिति :2016-06-27 10:22:44

महिला खबर
सुनसरी ।  छ महिनाको अवधिमा सप्तरी जिल्लामा भएका वलात्कारका घटनामा विद्यालयका प्रधानाध्यापकदेखि लिएर तेह बर्षे वालक पक्राउ परेका छन् । यो अवधिमा एकजना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा नकटी रायपुर गाविसस्थित बुधेश्वरी निमावि हरीरावाका प्रधानाध्यापक ५९ वर्षीय कपिलदेव यादव पक्राउ परेका छन् । एक छोरा र चार छोरीका बाबु यादवलाई गत जेठ १९ गते प्रहरीले पक्राउ गरेको हो ।

२०१६ जनवरी देखि जुनसम्म सप्तरीमा ८ वटा वालिका वलात्कारका घटना भएको इन्सेक सप्तरी प्रतिनिधि मनोहर कुमार पोखरेलले वताउनुभयो । सो अवधिमा तीन जना वालिकामाथि वलात्कारको प्रयास भएको छ । दुइवटा महिला वलात्कारका घटना भएका छन् भने चार जना महिलामाथि वलात्कारको प्रयास भएको छ । दुइजना सुस्त मनस्थितिका वोल्न नसक्ने वालिका समेत वलात्कृत भएका छन् ।
सप्तरीमा गत छ महिनामा एकजना असई, एकजना बालक र एक जना महिलाको हत्या भएको छ । सोही अवधिमा नौ वटाबहुविवाह,एउटा बालविवाह र बोक्सी आरोपको एउटा घटना भएको छ । महिलामाथि पतिसहित घरपरिवारका सदस्यबाट गालीगलौज, कुटपिट, दुव्र्यवहार, घरनिकालाका १mसय ३६ वटा घटना भएको इन्सेक सप्तरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: