बोक्सी आरोप लगाउनेलाई ६ महिना कैद


प्रकाशित मिति :2016-06-27 10:41:04

 महिला खबर
सिन्धुपाल्चोक । बोक्सी आरोपको एक मुद्दामा  जिल्ला अदालत सिन्धुपाल्चोकले जम्मा ६ महिनाको कैद सजाय तोकेको छ । आरोपी पार्वती सापकोटालाई जिल्ला अदालत सिन्धुपाल्चोकले  छ महिना कैद र २० हजार रुपैयाँ जरिवाना दिनुपर्ने  फैसला गरेको हो ।

यसैगरि अर्का आरोपी गोविन्दप्रसाद पौडेललाई ३ महिना कैद र दश हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । बाहृविसे गाउँ विकास समितिकी गीता भट्टराइले ०७२ मंसिरमा जिल्ला अदालतमा पौडेल र सापकोटाविरुद्ध  बोक्सी आरोप लगाएर यातना दिएको भन्दै मुद्दा दिएकी थिइन् । प्रतिवादीहरूबाट पीडितलाई क्षतिपुर्तिबापत दश /दश हजार रुपैयाँ नगद भराउने पनि अदालतले फैसला गरेको छ ।

मुलुकको सामाजिक समस्याको रुपमा रहेको बोक्सी तथा महिलामथि हुने दुव्र्यवहार नियन्त्रण गर्न र दोषीलाई कानुनी कार्वाहीको दायरामा ल्याउने व्यवस्थासहित गतवर्ष साउनमा  बोक्सीको आरोप कसुर र सजाय विधेयक २०७१ ल्याएएको थियो  । कानुनमा कसुर अनुसार दण्ड सजाय, जरिवाना र क्षतिपूर्तिको व्यवस्था तथा कसुर गर्ने व्यक्तिलाई बढीमा १५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: