महिला खबर
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा आर्थिक वर्ष २०७१ / २०७२ मा एक हजार ८३६ सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका छन् । यी मध्ये एक हजार ७१६ मुद्दा फैसला भइसकेको छ भने १२० मुद्दामा फैसला हुन बाँकी रहेको अदालतले जनाएको छ । यसैगरी आव ०७०/०७१ मा एक हजार ७४२ सम्बन्धबिच्छेदका मुद्दा दर्ता भए । यी मध्ये एक हजार ७२१ मुद्दा फैसला भए भने २१ वटा मुद्दा विचाराधीन छन् ।
२०७२ साल साउनदेखि २०७३ वैशाखसम्म एक हजार ४८५ मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये एक हजार २७ फैसला भइसकेका र ४५८ मुद्दा फैसला हुन बाँकी छ ।
गत तीन वर्षमा काठमाडौं जिल्ला अदालतमा सम्बन्धबिच्छेदका पाँच हजार ६३ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला अदालत काठमाडौंका अनुसार तीमध्ये चार हजार ६४ मुद्दाको फैसला भइसकेको छ । करिब एक हजार मुद्दाको फैसला हुन बाँकी रहेको छ ।
Comment Here!