महिला खबर
कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ लैजाँदै गरेका तीन किशोरीको माइती नेपाल, कञ्चनपुरले उद्धार गरेको छ ।
सुर्खेतका दुई र कैलालीकी एक किशोरीको सीमा नाकाबाट उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो । फूपू र दिदी नाता पर्ने दुई जनाले नक्कली आमा बनेर किशोरीलाई भारततर्फ लैजाँदै गरेका बेला उद्धार गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार सोधपुछका क्रममा किशोरीलाई विद्यालयबाटै भगाएर भारततर्फ लगेको पत्ता लागेको छ ।
उद्धार गरिएका किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ । नक्कली आमा बनेर किशोरीलाई भारततर्फ लैजाने दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Comment Here!