यस्तो मुखिया चाहिँदैन,वुहारी कुट्न पाईंदैन


प्रकाशित मिति :2016-06-28 11:14:38

महिला खबर
सुनसरी । सुनसरीको मधेली वजार । हटिया लागेको दिन । झमझम पानी परेर रोकिएको समय । एउटा रँगीचँगी भ्यान पूर्वतिरवाट वजार प्रवेश गर्‍यो । हुरुरु एक हुल मान्छे भ्यानवाट निस्किए ।

  2

केहिवेरमा एकजना थारुको भेषभूषामा भएकी महिला हातमा झाडु वोकेर रिसाउँदै के के हो के के फत्फताउँदै सडकमा देखापरिन् । उनले वुहारीलाई गाली गरेकी रहेछिन् । ती महिला कराउन थालेपछि उनलाई हेर्न ठूलै भीड लागिहाल्यो ।

केहीवेरपछि वुहारी र ससुरा पनि देखापरे । सासु ससुरा दुवैजनाले वुहारीलाई नमज्जाले गाली गरे । भएको चाही के रहेछ भने उनीहरूको एकमात्र छोरोले आफूभन्दा सानो जातकी ती महिलालाई विवाह गरेर ल्याएको रहेछ । त्यहीपनि वालविवाह । उनीहरू परे मुखिया मुखिनी । सम्पन्न परिवार ।  वुहारीलाई दुःख दिन र छोरोलाई ठीक पार्न भनेर छोरोलाई विदेश पठाएर यता वुहारीलाई दिनहुँ यातना दिँदा रहेछन् । त्यही सडकमै सासुले नमज्जाले पिटिन् वुहारीलाई । उनीहरूकी एक  विवाहित आधुनिक छोरीलाई  भने एक जना मानव तस्कर दलालले प्रेमजालमा फसाएर वेच्न लागेको दृश्य पनि  सडक नाटकमा देखियो । उनीपनि भाउजुलाई कुटपिट र घर निकाला गराउन आफ्नी आमालाई उक्साइरहेकी देखिन्थिन् । सासु पनि के कम हम कौशल्यावती  छि, वुझल्छी ? भन्दै वुहारीलाई यातना दिएको दृश्यले सडक नाटक हेर्ने दर्शकलाई समेत आक्रोसित वनायो ।

1

एक जना दर्शक महिलालाई अतिनै रिस उठेछ । मुखियाको माइक खोसेर भनिहालिन् “यस्तो मुखिया चाहिँदैन,वुहारी कुट्न पाइदैन । अर्काको घरको  झगडा मिलाउँदै हिड्ने आफ्नो घरमा चाहीँ वुहारीलाई यस्तो अन्याय ?” अरु दर्शक महिला  पनि वुहारीलाई यातना दिने नाटकका मुखिया मुखिनीमाथि खनिए । त्यति गर्दा पनि मुखिया मुखिनी ठूलठूला कुरा गर्न छाडेका थिएनन् । नाटक हेर्न आएका एक जना प्रहरी सहायक नीरिक्षक हेम वहादुर कटुवालले यसरी वुहारी पिट्दा कानुन लाग्छ । पक्राउ गर्छौ भनेर सम्झाउँदा पनि उनीहरू यो घरको मामला भन्दै बुहारीमाथिको ज्यादती रोकेनन् ।  केहीवेरमा गाउँकै एकजना अपाङ्गता भएका यूवकले उनीहरूलाई मज्जाले सम्झाएपछि भने उनीहरूले वुहारीसँग माफी मागेर अवदेखि वुहारीलाई यातना दिने होइन छोरीलाई भन्दा वढी माया गर्छौ भनेपछि  दर्शकका मुहार पनि खुशी भए ।
3
हिंसाविरुद्धको ३६५ दिने अभियान अन्र्तगत मानवअधिकार सञ्चार प्रतिष्ठान इह्रिकन नेपालले सुनसरीको मधेलीमा सडक नाटक प्रदर्शन गरेको हो । अरु सडक नाटकमा कलाकारलेमात्र अभिनय गर्थे, तर यो सडक नाटकमा भने दर्शकले पनि अभिनय गर्न पाउने भएकाले स्थानीयवासीले पनि हिँसाविरुद्ध आफ्ना भावना पोख्न पाएका थिए । कार्यक्रममा महिला हिँसाविरुद्धको भिडियो पनि  प्रदर्शन गरियो । भिडियो भ्यान अभियान अन्र्तगत सुनसरीको मधेली,इनरुवा,भमरी,सिमरिया,दुहवी र खनारमा भिडियो र सडक नाटक प्रदर्शन गरिएको इह्रिकन सुनसरी सँयोजक मञ्जु भण्डारीले वताउनुभयो । लैगिक हिंसाविरुद्ध ग्रामिण क्षेत्रदेखिनै सचेतना जगाउन यो अभियान गरिएको मानवअधिकार सञ्चार प्रतिष्ठान इह्रिकनकी कार्यक्रम संयोजक रोश्ली पोखरेलले वताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: