बाटो परिवर्तन गर्दै भारत पुर्‍याउने दाउ असफल


प्रकाशित मिति :2016-06-28 12:23:25

महिला खबर
कपिलवस्तु । महिलालाई बिभिन्न प्रलोभनमा पारी  बेच्ने एक पुरुष कपिलवस्तुको कृष्णनगरबाट पक्राउ परेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल राजश्व भन्सार सुरक्षा गुल्म कृष्णनगर र मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशिल संस्था के.आई. नेपालको संयुक्त टोलीले  ३६ वर्षीय बेलबहादुर विश्वकर्मालाई  नियन्त्रणमा लिएको हो ।

विश्वकर्मा सल्यान जिल्लाको हिलोन्चका  रहेको प्रहरीले जनाएको छ । विभिन्न प्रलोभनमा पारी प्युठानक हंशपुर  र बाङ्गेसाल का दुईजना किशोरीलाई सीमा कटाउने क्रममा  उनलाई  नियन्त्रणमा लिइएको हो ।

उनले दुईमध्ये एकजना किशोरीसँग चिनजान गरी समय समयमा मोबाईलमा रिचार्ज गरिदिने, काठमाडौंलगायत ३ ठाउँमा घर भएको र भारतमा आफ्नै कम्पनी भएको भनी विभिन्न  प्रलोभनमा पारेको  अनुसन्धानका क्रममा खुलेको ईलाका प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक सञ्जय रिजालले जानकारी दिनुभयो ।

पटक पटक गरी धेरै महिलालाई  बेचेको बुझिएपछि कानुनी प्रकृया अगाडि बढाइएको रिजालको भनाई छ । । चन्द्रौटाबाट सीमासम्म मोटरसाईकलमा ल्याउने र सीमामा कसैले सोधेमा श्रीमान् बिरामी हुनुहुन्छ भनेर सिकाई चोर बाटो प्रयोग गरी भारत छिराउने गरेको सोधपुछ गर्दा खुलेको प्रहरीले बताएको छ ।

विकले धेरै पैसा कमाउने जागीर लगाइदिने  भनी ती दुईमध्ये एक किशोरीलाई  दाङको भालुवाङ्ग बोलाई मोटरसाईकलमा राखी भारतसम्म पुर्‍याएका थिए भने अर्कीलाई  चन्द्रौटा बोलाई पुनः मोटरसाइकलमा लिएर आउदै गर्दा  सीमा निगरानी कडा देखेपछि  ती किशोरीलाई पैदल हिड्न लगाइ आफू भने  अर्कै बाटो मोटरसाईकल लिई भारत छिरेको के.आई. नेपाल कृष्णनगरले जनाएको छ ।

पक्राउ परेका विकलाई मानव बेचविखन तथा ओसारपसारविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक रिजालले बताउनुभयो । उद्धार गरिएका दुई किशोरी भने केआई नेपालको आपत्कालिन गृहमा राखिएको छ । के.आई. नेपालका अनुसार पीडित किशोरीका आफन्त सम्पर्कमा आइसकेको र उनीहरूलाई घर फिर्ता गर्ने पहल भइरहेको  छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: