महिला खबर
काठमाडौं । अधिकारकर्मी बन्दाना राणाले महिलामाथि हुने सवै प्रकारका भेदभाव अन्त्य गर्ने संयुक्त राष्ट्रसंघीय समिति सीडमा निर्वाचित भएपछि नेपाल सरकारले समितिले नेपाल सरकारलाई दिने सुझाव कार्यान्वयनमा दतारुकता देखाउने विश्वास व्यक्त गर्नुभएको छ ।
अधिकारकर्मी राणालाई सम्मान गर्न सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यो समितिले सीड महासन्धी अनुमोदन गरेका राष्ट्रमा महिलामाथिको बिभेदको अवस्थाको अध्ययन गरी ती राष्ट्रलाई यसको सुधारका लागि सुझाव दिने हुनाले समितिमा आफ्नो सहभागिताले महिला अधिकार प्राप्तिका लागि विश्वव्यापी रुपमा भइरहेका कामलाई नेपालमा कार्यान्वयनमा पनि मद्दत पुग्ने बताउनुभयो ।
अत्यन्तै प्रतिस्पर्धात्मक सीड समितिको निर्वाचनमा भएको विजय आफ्नोमात्र नभइ सम्पुर्ण नेपाली महिला र नेपाल राष्ट्रको भएको उहाँको भनाइ थियो । महिला अधिकारका क्षेत्रमा नेपालमा भएका सकारात्मक उपलब्धी र स्थानीयतहका घटनालाई विश्वव्यापी बनाउन समितिमा आफ्नो उपस्थिति महत्वपुर्ण हुने उहाँले बताउनुभयो ।
सीड समितिको सदस्यका लागि जुन २१ तारिकमा भएको निर्वाचनमा राणाले एक सय ६ मत पाउनुभएको थियो । सदस्य पदका लागि प्रतिस्पर्धामा उत्रिएका २५ जना मध्ये ११ जना विजयी भएका छन् । ११ जनामा राणाको स्थान छैटौं रहेको छ । नेपाल सरकारले राणालाई उक्त समितिको सदस्य पदका लागि उम्मेदवार बनाएको थियो । यो समितिको सदस्य पदमा निर्वाचित हुने राणा पहिलो नेपाली हुनुहन्छ । यहि अवशरमा सञ्चारिका समूहकी पुर्व अध्यक्ष रहनुभएका राणालाई समूहले सम्मान गरेको हो ।
राणाले आउँदो वर्ष सन् २०१७ देखि ४ वर्षसम्म संयुक्त राष्ट्रसंघको सीड समितिको सदस्य भएर काम गर्नु हुनेछ । महिलामाथि हुने सवे प्रकारका विभेद अन्त्य गर्ने महासन्धि सीड अनुमोदन गर्ने एकसय उनानब्बे पक्ष राष्ट्रले २३ सदस्यीय समितिका लागि सदस्य छनौट गरेका हुन् । बाँकी १२ सदस्यका लागि सन् २०१८ मा अर्को निर्वाचन हुनेछ ।
Comment Here!