सर्मिला बुढाथोकी
दोलखा । भूकम्पपछि दोलखा जिल्लामा राहत तथा पुर्नस्थापनाका लागि आएका गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा १ हजार भन्दा बढीले रोजगारी पाएका छन् ।
जिल्लामा कार्यरत ५१ वटा गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा १ हजार २५ जनाले रोजगारी पाएको र त्यसमा ५ सय ६९ पुरुष तथा ४ सय ५६ महिला रहेको पाईएको छ ।
जसमा ३ जना विदेशी महिला र ३ सय ५७ जना अन्य जिल्लाकाले रोजगारी पाएको जिल्ला दैवि प्रकोप उद्धार समितिको तथ्याङ्कले देखाएको छ । रोजगारी पाउने दोलखाका ६ सय ६५ जना मध्ये ३ सय ४९ जना महिला तथा ३ सय १६ जना पुरुष रहेको देखिएको छ ।
रोजगारी पाउने तीन जना विदेशी महिलामा स्पेनकी ब्राभो, भारतकी राधा चेल्लप्पा र न्युजिल्याण्डकी लुसी पेथेर्याप रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केही गैर सरकारी संस्थाले भने कर्मचारीको विवरण पेश गरेको जिल्ला गरेका छैनन् ।
Comment Here!