छ महिनामा आठ जना महिलाको अधिकार हनन्


प्रकाशित मिति :2016-06-29 12:05:36

सुमित्रा के सी
रुकुम ।  रुकुममा ६ महिनाको अवधिमा ८  वटा महिला अधिकार हनन्का घटना दर्ता भएका छन् । इन्सेक रुकुमले ६ महिनाको अवधिमा जिल्लामा भएका मानव अधिकार उल्लंघनका घटना सार्वजनिक गरेको छ । जिल्लामा ६ महिनाको अवधिमा आठ वटा महिला माथि भएका हिंसाका घटना ईन्सेकले सार्वजनिक हो ।

रुकुममा यो अवधिमा आमा, छोरासहित २ जनाको हत्या भएको छ भने २ जनाको हत्याप्रयास भएको छ । इन्सेकका अनुसार रुकुम खारा आठकी  गीता ओली र उनका १ वर्षीय छोरा अमर ओलीको गत वैशाख ३१ गते हत्या भएको छ ।

हत्या आरोपमा पक्राउ परेका २ जनामध्ये खारा कै ४८ वर्षीय नन्दराम ओलीलाई  थुनामा छन भने  ५० वर्षीय खम्वसिंह ओलीलाई १० हजार रुपैयाँ धरौटीमा तारिखमा रिहा गरिएको छ ।

यस्तै आफ्नै श्रीमतीको हत्या प्रयास गर्ने मुसिकोट नगरपालिकाका ३३ वर्षीय दलजीत रावललाई धरौटीमा रिहा गरिएको छ । रावलले धारिलो हतियार प्रयोग गरी श्रीमती कल्पना रावलको हत्याप्रयास गरेको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको र रावल १० हजार रुपैयाँमा धरौटीमा रिहा भएको प्रतिवेदनमा उल्लेख छ ।

श्रीमतीको हत्या प्रयास गरेको भन्दै प्रहरीमा  रुकुममा अर्को मुद्दा पनि पर्‍यो । श्रीमतीको हत्या गर्न खोजको आरोपमा मुद्दा परेका मुसिकोट नगरपालिकाका ४५ वर्षीय वीर वहादुर खड्कालाई पनि १० हजार रुपैयाँ धरौटीमा  रिहा गरिएको छ ।

श्रीमती ४५ वर्षीया टिका खड्कालाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेको भन्दै वीरवहादुर विरुद्ध गत चैत २१ गते प्रहरीमा उजुरी परेको थियो । यसैगरि बलात्कारको प्रयास र बोक्सी ओरापका १/१ वटा र बुहविवाहका ३ वटा घटना यो अवधिमा प्रहरीमा दर्ता भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ  ।

स्यालापाखाकी ५० वर्षीया महिलालाई बलात्कारको प्रयास गर्ने ५० वर्षीय शसिराम रोका अहिलेसम्म फरार रहेको प्रहरीलाई उद्धृत गर्दै इन्सेकले जनाएको छ ।

खोलागाउँकी पार्वती अधिकारीलाई बोक्सी आरोप लगाइ सार्वजनिक स्थानमा गाली बेइज्जती गरेको भन्दै पक्राउ परेका खोलागाउँका आईतु जैसी, लक्ष्मीराम जैसी र हस्ती जैसीलाई  २०/२० हजार धरौटी लिएर रिहा गरिएको इन्सेक प्रतिनिधि आदर्श के.सीले जानकारी दिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: