बिदुर आचार्य
चौतारा। कुविण्डे, सिम्पानीकी सरिता शर्मा हरेक विहीवार वेलुकी आफ्नो करेसावारीमा फलेका सागपात, फलफुलको भारी वनाउँछिन्। सागपातमात्रै होइन, उनको भारीमा गुन्द्रुक, सिन्कि, कदोको पीठोलगायत पनि अटाँउछ।
झण्डै पचास किलो सामग्री डोकोमा भारी हालेर हरेक शुक्रवार सवेरै सदरमुकाम चौतारा आउने उनको रुटिन नै वसिसक्यो।
शुक्रवार सदरमुकाममा हाट लाग्ने भएपछि सरिता जस्तै धेरै महिला आफ्नो घर तथा करेसावारीमा उत्पादन भएका सागपात तथा सामल वोकेर एकाविहानै चौतारा आइपुग्छन्।
हाटमा आफ्नो उत्पादन वेच्ने र आफूलाई आवश्यक सामग्री एकै ठाँउमा किन्न उनीहरूका लागि राम्रो अवसर हुने गर्छ।
सामान्य किसान सरिताको आर्थिक अवस्था सामान्य थियो। छोराछोरीको पठनपाठन, चाडपर्व जस्तो खर्च हुने अवस्थाले सरितालाई सँधै झस्काउने गर्थ्यो।
आफूले उत्पादन गरेका सागपात हाटबजारमा गएर विक्री गर्न थालेपछि अहिले उनको आर्थिक अवस्था सुधि्रएको छ।
उनी भन्छिन्, ‘दुःख त छँदैछ, राम्रैसँग परिवार चल्दा दुःख विर्सने रैछ।’
Comment Here!