महिला खबर
एजेन्सी । एम्नेष्टि इनटरनेशनले भर्खरै गरेको एक अध्ययनले मेक्सिकोमा लागूऔषध निषेध गर्ने क्रममा गिरफ्तारीको संख्या धेरै देखाउन मेक्सिकन प्रहरीले निर्दोष महिलालाई गैरकानुनी रुपमा पक्राउन गरी यातना दिने कुराको खुलासा गरेको छ।
लागू औषध निशेध गरी संगठित अपराध नियन्त्रण गर्न परिचालन गरिएका हजारौं प्रहरीले पक्राउ अनुपतिपत्र विनै महिलालाई घरैबाट उनीहरूका बच्चाकै अगाडि शारिरीक हिसां गर्दै पक्राउ गरेको एम्नेष्टि इनटरनेशनको अध्ययन प्रतिवेदनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले समाचार प्रकाशित गरेका छन् । मेक्सिको की दुईमहिनाकी एक गर्भवती महिला ताइलान व्याङको प्रहरीको लगातारको शारिरीक हिसांबाट गर्भपतन भएको समाचारमा उल्लेख छ । समस्या देखिएपछि उनलाई अस्पताल लानुको साटो सयौं माइल परको बन्दिगृहमा राखियो र केही दिन पछि उनी अपहरण र अन्य अपराधमा दोषी ठहर गरिएको भनियो।
ताइलान व्याङ मेक्सिकन प्रहरीले गिरफ्तारीको तथ्याङ्क बढेको देखाउन गैह्रकानुनी तरिकाबाट पक्राउ पर्ने मध्ये एक थिइन् ।
एम्नेष्टि इनटरनेशनले प्रतिवेदनमा अन्तरवार्ता लिइएका एकसय महिला मध्ये ७२ जनाले पक्राउ पर्दा वा पक्राउ परेपछि यौन हिसां गरिएको बताएका थिए । यसैगरी १० जना महिला पक्राउ पर्दा गर्भवती रहेको र यीमध्ये ८ जनाको गर्भ तुहिएको थियो ।
अन्तरवार्ता लिइएका प्रत्येक महिलाले प्रहरीले पक्राउ गर्दा र गरिसकेपछि मानसिक यातना दिएको बताएको प्रतिवेदनमा उल्लेख छ।
अन्तरवार्ता लिइएका मध्ये २ जनाले आफू अपराधी भएको स्वीकारेका थिए।
ताइलान व्याङले मानव अधिकारका साथै अन्य विभिन्न निकायमा उजुरी गर्दा समेत उनको न्यायका लागि कसैले पहल नगरेको प्रतिवेदनले अल्याएको छ । प्रतिवेदनका अनुसार उजुरी गरेपछि छानविन गर्नुको साटो उनलाई चुप लगाउन जबरजस्ती मानसिक रोगको अौषधि दिइएको थियो।
मेक्सिकोका पुर्व राष्ट्रपति फेलिप कालडेरनले लागूऔषध र सांगठित अपराध निर्मुल गर्न दसौं हजार सशस्त्र प्रहरी परिचालन गरेयता महिलामाथिका यातनाका घटना बढेका हुन् ।
Comment Here!