रूढिवादी प्रथाका कारण हिंसा


प्रकाशित मिति :2016-06-29 17:30:28

महिला खबर

काठमाडौं । समाजमा  व्याप्त रुढीवादी परम्पराका कारण महिलामाथि हिसा भइरहेको एक कार्यक्रमका वक्ताले बताएका छन् ।  बालविवाह, बोक्सी आरोप, छाउपडी र जातीय विभेद् तथा छुवाछुत जस्ता हिंसा र विभेद  रूढिवादी प्रथाका कारण भइरहेकाले यस्तो प्रथाको अन्त्य गरिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, महिला बालबालिका विभागले आज आयोजना गरेको ‘बाल सुरक्षा, लैङ्गिक हिंसा र छाउपडी प्रथा’ विषयक छलफलमा महिला अधिकारकर्मीले ती प्रथाको अन्त्यका निम्ति भएका ऐन/कानुनको संशोधन वा नयाँ कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने  धारणा राखे ।

कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधु रेग्मीले रूढिवादी प्रथा र महिलामाथि हुने सबै प्रकार हिंसा अन्त्य गर्न ऐन/कानुन कार्यान्वयनसँगै समाजलाई पनि जागरूक गराउनुपर्ने बताउनुभयो ।

सदियौँदेखि समाजमा रहेका गलतप्रथा हटाउन सरकार एक्लैले नभइ गैरसरकारी सङ्घसंस्था र अन्तर्राष्ट्रिय समुदायबीच समेत सहकार्य हुनुपर्ने उहाँको भनाइ थियो ।

महिला अधिकारकर्मी दुर्गा घिमिरेले जातीय भेद्भाव तथा छुवाछुत र बोक्सी प्रथा सम्बन्धी ऐन आइसकेपछि पनि छुवाछूत र बोक्सीको आरोपमा मानिसलाई जिउँदै जलाइएको भन्दै ती ऐन कानुन कार्यान्वयन भए/नभएको  अनुगमन गर्नुपर्ने   बताउनुभयो ।

छाउपडीविरुद्ध ऐन ल्याउन छाउपडी प्रथा सम्बन्धी सर्वोच्च अदालतले दिएको निर्देशात्मक आदेश कार्यान्वयन गर्नुपर्ने समेत अधिकारकर्मी घिमिरेले माग गर्नुभयो ।

अधिवक्ता तथा महिला अधिकारकर्मी मीरा ढुङ्गानाले नयाँ संविधान कार्यान्वयनसँगै राजनीतिकस्थिरता कायम गरी मुलुकलाई आर्थिक, सामाजिक विकासको बाटोमा अगाडि बढाउँदै सबै समुदायबाट हुने विभेद्को अन्त्य गरिनुपर्ने बताउनुभयो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: