महिला खबर
झापा । झापाको भद्रपुरबाट भारततर्फ बेच्न लैजाँदै गरेका दुई महिलाको बुधवार उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नेपालगञ्जको फत्तेपुर गाविसकी ३३ वर्षिया विना ओली र नुवाकोट नर्जामण्डल गाविसकी २१ वर्षिया हिरामाया तामाङलाई भद्रपुरको छोटी भन्सार नजिकैबाट उद्धार गरिएको हो ।
ओली र तामाङलाई भद्रपुर १५ बस्ने ३६ वर्षीया मलिना कुटवाल श्रेष्ठले भारतको सिलगुडी घुम्न जाऊँ भन्दै काठमाडौँबाट झापा ल्याएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । प्रहरीले मलिनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
Comment Here!