जेठ महिनामा उन्नाइस महिलाको हत्याः अट्ठाइस बलात्कृत


प्रकाशित मिति :2016-06-30 14:59:53

महिला खबर
काठमाडौं । जेठ महिनामा १९ जना महिलाको हत्या भएको एक अनुगमनले देखाएको छ । सञ्चारिका समूह नेपालले गत जेठ महिनामा गरेको सञ्चार अनुगमनका अनुसार महिलाको हत्या गर्ने सवैभन्दा धेरै १२ जना परिवारका सदस्य रहेका थिए । सबैभन्दा बढी हत्याका घटना पश्चिमाञ्चल विकासक्षेत्रमा ११ जना भएको पाइएको समूहले जारी गरेका विज्ञप्तिमा जनाइएको छ ।

rap

यसैगरी जेठ महिनामा २८ जना किशोरी तथा महिलाको बलात्कार भएको छ । बलात्कृत मध्ये ५ वर्षदेखि अठार वर्ष उमेर समूहका सवैभन्दा धेरै रहेका छन् । विज्ञप्ति अनुसार जेठ महिनामा पाँच वर्ष उमेरका ४ जना बालिका बलात्कृत भएका छन् । २८ मध्ये ३ वटा सामूहिक बलात्कार थिए ।  पीडकमा सवै भन्दा धेरै परिवार कै सदस्य रहेको विज्ञप्तिमा जनाइएको छ ।   यसैगरि प्रहरी, निजामति कर्मचारी, झाँक्रीबाट समेत महिला बलात्कृत भएको पाइएको छ ।  विज्ञप्ति अनुासार सबै भन्दा बढी बलात्कार मध्यमाञ्चल विकास क्षेत्रमा आठ वटा र जिल्लाका आधारमा गोर्खामा ४ वटा रहेका छन् । महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई ७ शीर्षकमा अनुगमन गरिएको  समूहले जनाएको छ । जसमा बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, हत्या, बहुविवाह, बोक्सी र स्वास्थ्यसम्बन्धी रहेका  थिए ।

जेठ महिनामा स्वास्थ्य अधिकार उल्लघनका ७ वटा घटना भए  । यीमध्ये ३ जना महिलाको घरमै बच्चा जन्माउने क्रममा अत्यधिक रक्तश्रावका कारण, तीनजनाको स्वास्थयकर्मीको लार्पवाहीका कारण अस्पातलमै ज्यान गएको थियो र एक जना महिलाको श्रीमानको कुटाईबाट गर्भपतन भएको थियो ।

murd

जेठ महिनामा सञ्चारमाध्यमले महिला हिंसासम्बन्धी समाचारलाई दिएको स्थान सन्तोजनक रेहपनि धरैजसो समाचार भित्री पृष्ठमा छापिएको पाइएकोे समूहले जनाएको छ ।

यी समाचार सबै भन्दा धेरै पाचौँ पृष्ठमा छापिएका थिए । अनुगमनले महिलाहिंसाविरुद्धका समाचार लेखनमा पुरुष सहभागिता सकारात्मक भएपनि महिला लेखकको सहभागिता न्यून रहेकोे देखाएको विज्ञप्तिमा उल्लेख छ ।

सञ्चारिका समूहले सञ्चारमाध्यममा महिला हिंसाका समाचार कति आएका छन् ? ती समाचारले कस्तो प्राथमिकता पाइरहेका छन् ? समाजमा के कस्ता लैंगिक हिंसा भइरहेका छन् र ती सम्बन्धमा कस्ता समाचार सामग्री आइरहेका छन् भनेर सञ्चार अनुगमन गर्दैआएको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: