महिला खबर
सिन्धुपाल्चोक । लैङ्गिक हिंसा न्यूनिकरणका लागि चेतना अभिवृद्धि गर्ने उद्देश्यले सिन्धुपाल्चोकमा फुटवल प्रतियोगिताको आयोजना गरिएको छ ।
‘हाम्रो गोल महिला हिंसाविरुद्धको वोल, महिलाको सम्मान गरौं आदर्श पुरुष वनांै’ भन्ने नारासहित सिन्धुपाल्चोकमा मैत्रीपूर्ण फुटवल खेल आयोजना गरिएको हो । साथी संस्थाको आयोजनामा सम्पन्न खेलमा चौतारा नगरपालिकाको फ्रेन्डसीप यूथ क्लव र चौतारा स्पोर्टस् क्लव वीच मैत्रीपूर्ण खेल भएको हो ।
खेलको माध्यमवाट लैङ्गिक हिंसा न्यूनिकरणका गर्न पुरुषहरूलाई पहिचान गरी सघाउ पु¥याउने उद्देश्यले फुटवल खेलाइएको संस्थाको जिल्ला संयोजक भरत आचार्यले जनकारी दिनुभयो ।
Comment Here!