ज्ञानु पंगेनी
नवलपरासी । भारतबाट वेच्न लैजादै गरेको भन्ने सुराकीका आधारामा इलाका प्रहरी कार्यालय नवलपुरले चार जना महिलाको उद्दार गरेको छ । विहीवार काठमाडौंबाट महेन्द्रनगर तर्फ जाँदै गरेको बसबाट ४ जना महिलालाई उद्दार गरेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताउनुभयो ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको छ । उद्दार गरिएका महिलाले आफूहरू महेन्द्रनगर जान लागेका बताएका छन् । प्रहरी नायव उपरीक्षक थापाले विशेष सुराकीको आधारमा उनीहरूलाई उद्दार गरिएको बताउनुभयो । प्रहरीले काठमाडौंकी एक नुवाकोट एक र रसुवाका दुईजना महिलालाई उद्धार गरेको हो । उनीहरू २० देखि ३५ वर्ष उमेर समूहका छन् । उद्दार गरिएका महिलाका आफन्तलाई जानकारी गराइएको र आफन्त आएपछि उनीहरूको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
Comment Here!